zestkhabar

बिहिबार, असोज १३ २०७९

  • बिहिबार, असोज १३ २०७९

भिमसेन थापा गाउँपालिकाको बजेट ६२ करोड २६ लाख ८८ हजार

भिमसेन थापा गाउँपालिकाको बजेट ६२ करोड २६ लाख ८८ हजार


  • जनसवाल
  • बुधबार, असार १५ २०७९
551
SHARES

गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाले ६२ करोड,२६ लाख ८८ हजारको बजेट ल्याएको छ । गत शुक्रबार बसेको गाउँसभाले नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९/०८० को अनुमानित कूल बजेट रु ६२ करोड भन्दा बढीको बजेट ल्याइएको हो ।

जसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान १४ करोड ४५ लाख, सशर्त अनुदान २३ करोड, ५५ लाख, र पुँजीगत अनुदानतर्फ १ करोड १५ लाख रहेको छ । यसै गरी संघीय सरकार उद्योग मन्त्रालय अन्तर्गत औद्योगिक ग्राम स्थापनाको लागि ९२ लाख,राजस्व बाँडफाँटतर्फ ८ करोड ४४ लाख ६८ हजार गरी जम्मा ४८ करोड ५१ लाख ६८ हजार रहेको छ ।

त्यसैगरी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ७७ लाख ५७ हजार, समपूरक अनुदान ५० लाख, राजश्व बाँडफाँटतर्फ ५२ लाख ६३ र विशेष अनुदान ५० लाख गरी जम्मा ३ करोड ३० लाख २० हजार प्राप्त हुने प्रस्तावित बजेटमा उल्लेख छ ।

प्रस्तावित बजेटमा स्थानीय सरकार आन्तरिक श्रोतबाट ४५ लाख, जिल्ला समन्वय समितिबाट अनुदान ८५ लाख ९ हजार ३८ रुपैयाँ र पालिकाको मौज्दात रकम ९ करोड १४ लाख ९० हजार ९ सय ६२ रुपैयाँ गरी कुल ६२ करोड २६ लाख ८८ हजार प्रस्तावित बजेट प्रस्तुत गरिएको छ।

बजेटमा गौरवका योजना अनुसार हरेक वडाबाट पालिका केन्द्रसम्म जोड्ने चक्रपथ सडकको निर्माण गर्ने, निःशुल्क स्वास्थ्य बीमादेखि, जटिल प्रकृतिका विपन्न तथा असहाय एवम् ज्येष्ठ नागरिक बिरामीको उपचार, गर्भवती तथा सुत्केरी महिलाहरूको स्वास्थ्य परीक्षण र सुत्केरी सेवाका लागि अस्पताल आउजाउ गर्न एम्बुलेन्स सेवा निःशुल्क गर्ने, गाउँपालिका भित्र जन्मिएका शिशुका अभिभावकले ३५ दिन भित्रमा जन्म दर्ता गरे निःशुल्क बैंक खाता खोलिदिने घोषणा गरेको छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त र निम्न आय भएका नागरिकहरूका लागि मासिक रूपमा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम घोषणा गरेको छ ।

नीति तथा कार्यक्रमका महत्त्वपूर्ण बुँदाहरू

१) शिक्षा सम्बन्धी नीति

• अध्यक्ष प्रविधिमैत्री विद्यालय कार्यक्रम

• विद्यालय नर्स कार्यक्रम

• घुम्ती शिक्षक

• नमुना सिकाई केन्द्र

• विद्यालय नक्साङ्कन र दरबन्दी मिलान

• कार्यसम्पादन करार

• स्तरमापन परीक्षा

• अध्यक्षसँग प्रत्यक्ष विद्यार्थी संवाद

• स्थानीय शिक्षा ऐन तथा नियमावली तयार गरिने

• शिक्षक लघु अनुसन्धान कार्यक्रम

• तालिमको लागी रोष्टर निमार्ण

• शैक्षिक कार्यपात्रो र सिकाई सामाग्री निर्माण

• स्थानीय पाठ्यक्रम निर्माण (भिमसेन थापाको सेरोफेरो)

• राष्ट्रपति रनिङशिल्ड

• वित्तीय तथा सूचना प्रविधि साक्षरता

• सेनेटरी प्याड

• विद्यालय सुधार योजना

• एक विद्यालय एक बगैँचा

• प्रविधिमैत्री सिकाई

• एक शिक्षक एक ल्यापटप

• निजी स्रोत शिक्षक व्यवस्थापन

• मूल्याङ्कन पुस्तीकाको छपाई

• सूचना प्रविधि तालिम (शिक्षक विद्यार्थी )

• रातो बंगला फाउण्डेशन

• फनपार्क निर्माण

• घेराबार सहितको सुरक्षित हरित विद्यालय निर्माण

• अन्तर विद्यालय तथा नमुना विद्यालय भ्रमण

• प्राविधिक बहुशिक्षालयमा जोड

• अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम

• विद्यालय तथा क्याम्पसलाई अनुदान

• गणित ल्याब तथा शिक्षक तालिम

• शैक्षिक सामाग्री निर्माण

• गाउँपालिका अध्ययन विशेष छात्रवृत्ति कार्यक्रम

• गाउँपालिका अध्यक्ष रनिङशिल्ड प्रतियोगिता

• विद्यालय स्काउट रेडक्रस कार्यक्रम

• दुल्लभ बहुमुखी क्याम्पसलाई गुणस्तरीय बनाइने

• भिमसेन थापा बहुप्राविधिक शिक्षालयको स्थापना

• उपाध्यक्ष शिक्षा कार्यक्रम

• विद्यालयमा करियर काउन्सिलङ कक्षा

• घुम्ती योग शिविर

२) स्वास्थ्य सम्बन्धी नीतिहरू

• घरदैलो स्वास्थ्य सेवा

• ज्येष्ठ नागरिक, विपन्न तथा असहाय, गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स

• महिला स्वास्थ्य स्वयम् सेविकाको लागी निःशुल्क स्वास्थ्य बिमा

• आमा घर कार्यक्रम

• प्रयोगशालाको क्षमतामा वृद्धि

• सबै स्वास्थ्य चौकीमा कम्तीमा पनि १ चिकित्सकको व्यवस्था गरिने

• वृद्धाश्रमका रहेका वृद्धाहरुको निःशुल्क बिमा

• विशेष पोषण कार्यक्रम

• मुटु, मिर्गौला, क्यान्सर रोग पहिचानको लागी शिविर सञ्चालन

• आँखा जाँच शिविर तथा क्याम्प

• वैकल्पिक चिकित्सा (आयुर्वेद, प्राकृतिक, योग)

• सहिद, बेपत्ता, अपाङ्ग तथा निम्न आय भएकालाई स्वास्थ्य बिमा गर्न विशेष योजना

• स्वास्थ्य कार्यालहरुमा वैकल्पिक ऊर्जा प्रयोग गरी २४ घण्टा बिद्युत्

• स्वास्थ्यकर्मी सम्मान तथा पुरस्कृत

३) कृषि सम्बन्धी

• माटो परीक्षणको लागि घुम्ती शिविर

• गुणस्तरीय बिउ बिजन वितरण

• नर्सरी व्यवस्थापन

• फलफूल तरकारी र आद्यन्नमा आत्मनिर्भर

• बाली बिमा कार्यक्रम

• कृषि तथ्याङ्क सङ्कलन र किसान सूचीकरण

• कृषि सङ्कलन केन्द्र र कृषि एम्बुलेन्स

• कृषि हाटबजार र बजार व्यवस्थापन

• बाँझो जग्गामा खेती गर्न कृषकलाई प्रोत्साहन

• बहु उपयोगी बिरुवा रोपण कार्यक्रम

• चिस्यान तथा चिलिङ केन्द्र स्थापना

• स्थानीय रैथाने कृषि उत्पादनको संरक्षणको लागी जीन बैङ्कसँग आवश्यक सहकार्य

• साना चिलिङ मेसिन अनुदानमा वितरण

• प्रशोधन केन्द्र स्थापना

• बाँदर नियन्त्रणका लागी आवश्यक कार्यक्रम

• महिलामैत्री कृषि उपकरणहरूमा जोड

४) पशु विकास सम्बन्धी नीति

• बाख्रा तथा भैँसी पकेट क्षेत्र घोषणा

• माउ, प्रविधि र ब्याडको व्यवस्था

• दुग्ध कोरिडोरको व्यवस्था

• उन्नत घाँस विकास स्रोत केन्द्रको स्थापना

• पशु बिमा कार्यक्रम

• उत्पादनको आधारमा कृषकलाई प्रोत्साहन

• एक पालिका एक भेटनरी डाक्टरको व्यवस्था

• एक वडा एक पशु प्राविधिक

• छाडा कुकुरको बन्ध्याकरण

• कृत्रिम गर्भाधान मिसन कार्यक्रम

५) उद्योग तथा पर्यटन सम्बन्धी नीति

• औद्योगिक ग्राम निर्माण

• कृषि जन्य बस्तुको प्रशोधन उद्योग सञ्चालन

• स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन

• लघु तथा घरेलु उद्यम सञ्चालन गर्न सीपमूलक तालिम

• जमिनको चक्लाबन्दी, भूमि बैंक, श्रम बैंकको स्थापना

• एक वडा एक घरबास (होमस्टे) कार्यक्रम

• एक वडा एक पर्यटकीय स्थल, अन्तर वडा पर्यटकीय सञ्जाल निर्माण

६) युवा तथा खेलकुद नीतिहरू

• पूर्वाधार निर्माण, प्रशिक्षण तथा विभिन्न खेलकुद प्रतियोगिता

• एक वडा एक खेलमैदान

• युवाहरूलाई रोजगारमुखी सीप तालिम (ड्राइभिङ, कम्प्युटर, इलेक्ट्रिसियन)

• लोकसेवा आयोग तयारी कक्षा

• गाउँ प्रहरी गठन तथा परिचालन

• राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनको लागी तालिम

• स्वरोजगार विकासको लागी सहुलियत कर्जा

• युवा क्लबहरू गठन गरी गाउँपालिका अध्यक्ष युवा सञ्जाल निर्माण

७) सहकारी तथा अन्य वित्तीय क्षेत्र सम्बन्धी नीतिहरू

• कृषि, बहुउद्देश्यीय, श्रम सहकारीको स्थापना र सञ्चालन

• एक व्यक्ति एक सहकारी सदस्य, एक सहकारी एक उत्पादनको नीति

• पालिकामा सहकारी हेर्ने गरी कर्मचारीको व्यवस्था

८) सामाजिक विकास सम्बन्धी नीतिहरू

• उपाध्यक्ष नेतृत्व विकास तथा किशोर किशोरी शिक्षा कार्यक्रम

• जोखिममा परेका नागरिकको लागी सुरक्षित सेल्टरको कार्यक्रम

• गरिबसँग विश्वेश्वर: आफ्ना गाउँ आफै बनाऊ जस्ता कार्यक्रम निरन्तरता

• सहिद तथा बेपत्ताहरूको स्मरणमा हरेक वडामा कम्तीमा एक परियोजना

• पारिवारिक पुनः मिलन कार्यक्रम

• मनोसामाजिक परामर्श कार्यक्रम

• वृद्धाश्रमको लागी आवश्यक योजना निर्माण

९) महिला बालबालिका किशोर किशोरी ज्येष्ठ नागरिक तथा समाज कल्याण नीति:

• लक्षित समुदायको सशक्तीकरणमा टेवा पुर्‍याइने

• मनोवैज्ञानिक परामर्श

• एकल महिला सहयोग कोष र अपाङ्गता सहयोग कोषको स्थापना

• उपाध्यक्षसँग महिला लक्षित कार्यक्रम

• एकीकृत संकटमोचन केन्द्रको स्थापना

• सुरक्षाभत्ता घर घर मा उपलब्ध तथा ज्येष्ठ नागरिक सम्मान

• तथ्याङ्कको डिजिटल प्रणालीमा व्यवस्थित

१०) संस्कृति प्रवर्द्धनका नीति कार्यक्रमहरु

• संस्कृति संरक्षण कार्यक्रम

• दलित, मुस्लिम, बराम लगायत पिछडिएका जनजाति र वर्ग समुदायको उत्थान कार्यक्रम

११) न्यायिक समिति सम्बन्धी नीति:

• वडामा मेलमिलाप केन्द्रको स्थापना

• न्यायिक समितिलाई प्रभावकारी बनाउन १ जना कानुनी सल्लाहकारको व्यवस्था

• लक्षित समुहलाई कानुनी परामर्श तालिम

१२) पूर्वाधार विकास कार्यक्रमका नीतिहरू

• झिंगेटे बोलार्ङ महादेबटार सडक स्तरोन्नति

• कयापानी चौतारा धावा बलिमटार सडक

• क्यामुनटार घाटबेसी आरुघाट सडक

• भिमसेन थापा चक्रपथ निर्माणलाई प्राथमिकता

• गाउँ यातायात गुरुयोजना

• सबै वडामा हेलिप्याड र बसपार्कको सम्भावना अध्ययन

• पाँच वर्षे सडक रणनीतिक योजना

• सडक दायाँबाँया हरियाली प्रवर्द्धन कार्यक्रम

• फोहोर व्यवस्थापन गर्न योजना बैंक निर्माण

• पूर्वाधार विकासमा डिपीआर निर्माण

• वडाबाट पालिका कार्यालय सम्म यातायात सञ्चालन

• भिमसेन थापा स्तम्भ, सहिद स्तम्भ र बाटिका निर्माण

• निर्माणमा निजी तथा सार्वजनिक साझेदारी नीति योजना

• घाट, चिहान तथा कब्रस्तानको व्यवस्था

• शव वाहनको व्यवस्था

• एक वडा एक गौरवको आयोजना

• सहिद तथा बेपत्ताहरूको नाममा विभिन्न आयोजना

• एक वडा एक श्रम सहकारी

• लागत साझेदारीमा झोलुङ्गे पुल

• मेगा तथा स्मार्ट सिटीमा सम्भाव्यता अध्ययन

• अन्तर्राष्ट्रिय स्तरको तीर्थस्थलहरुको अध्ययन

• पालिका स्तरको ल्याण्डफिल्ड साइट निर्माण

• जिआईएस म्यापिङ कार्यका लागी पहल

१३) ऊर्जा खानेपानी, सरसफाइ तथा सिँचाइ नीतिहरू

• सबै वडामा वैकल्पिक ऊर्जाको व्यवस्था

• घ्याम्पेशाल सब स्टेसनको काम सम्पन्न गर्न पहल

• एकघर एक धारा कार्यक्रम निरन्तरता

• साना लिफ्ट्टिङ खानेपानी योजनालाई बिद्युत् महसुलमा अनुदान

• सार्वजनिक, ऐतिहासिक, धारा, कुवा तथा पोखरीको संरक्षण

• बहु उपयोगी पुनजलीय (रिफिल ट्याङ्क निर्माण)

१४) भवन तथा विकास सम्बन्धी नीतिहरू

• नक्सा पास प्रक्रियालाई अनलाइन

• एकीकृत बस्ती विकास कार्यक्रम

• बुढीगण्डकी डुबान प्रभावितलाई पुनर्वास र स्थापनाको पहल

• वातावरणमैत्री गाउँपालिका

१५) सूचना प्रविधि तथा सञ्चार सम्बन्धी नीतिहरू

• वडा तथा पालिकामा सूचना केन्द्र र नागरिक हेल्प डेस्क स्थापना

• गुणस्तरीय इन्टरनेटमा पहल र स्मार्टपालिको रूपमा विकास गरिने

• पारदर्शिताको लागी वेब पोर्टल निर्माण

• मोबाइल एप मार्फत घर घरबाट नै सेवा सञ्चालन गरिने

• आवश्यकताको ठाउँ पहिचान गरी निःशुल्क वाईफाईको व्यवस्था

• पालिकाको मुख्य नाका तथा बजार क्षेत्रमा सिसी क्यामरा जडान

• ओपन डाटा प्रणाली अवलम्बन

• हरेक विद्यालयमा इन्टरनेटको व्यवस्था

• पालिकाको आफ्नै डाटा सेन्टरको स्थापना

• अनलाइन भुक्तानीको सुरुवात

१५) वन तथा वातावरण:

• वातावरणीय प्रभाव मूल्याङ्कन र बायो इन्जिनियरिङको प्रविधि

• वृक्षारोपण तथा नर्सरी स्थापना कार्यक्रम

• जैविक स्रोत संरक्षण अभियान

१६) विपद व्यवस्थापन:

• विपद व्यवस्थापन केन्द्र स्थापना

• विपद व्यवस्थापन कोषको बृद्धि गर्न पहल गरिने

१७) सुशासन तथा संस्थागत विकास:

• सूचना केन्द्र हेल्प डेस्क, पोर्टल निर्माण

• मुस्कान सहितको सेवामा जोड

• पालिकाको सुशासनको नीति तर्जुमा गरी लागु गर्ने

• गुनासो सुनुवाइ कक्षाको व्यवस्था

• गरिब परिवारलाई आत्म निर्भर बनाउन थप योजना निर्माण

• जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास गर्न तालिमको व्यवस्था

१८) अन्य विविध:

• उत्कृष्ट कर दातालाई सम्मान

• गेटवे मार्फत भुक्तानीको व्यवस्था

• गुनासो व्यवस्थापनलाई प्रभावकारी

• सबै विद्यालय, वडा, स्वास्थ्य संस्थामा विद्युतीय हाजिरी

• देश तथा विदेश एवम् अन्य पालिकासँग भगिनी सम्बन्ध

• भिसेनथापा , जनयुद्धको संग्राहलय र स्मारिका प्रकाशन गर्ने

• एक घर एक स्वयंसेवक

• अनलाइन अडियो (रेडियो) भिडियो (टिभी) र सामाजिक सञ्जालको स्थापना र विकास

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट