zestkhabar

बिहिबार, भाद्र २ २०७९

  • बिहिबार, भाद्र २ २०७९

राज्य सम्पत्तिको चरम दुरुपयोग, कचनकवल गाउँ पालिकाको मनोमानी, खोसियो गरिबको अधिकार।

राज्य सम्पत्तिको चरम दुरुपयोग, कचनकवल गाउँ पालिकाको मनोमानी, खोसियो गरिबको अधिकार।


  • जनसवाल
  • सोमबार, असार १३ २०७९
5.4K
SHARES

निश्चल दाहाल, कचनकवल झापा,

कचनकवल गाउँ पालिकाको कार्यलयले कोभिड १९ महामारी पिडित अति बिपन्न परिवारलाइ राज्यले तात्कालिन समस्या टार्ने हेतु प्रदान गर्ने भनेको रु १०००० को सहयोग रकममा चरम अनियमितता गरेको छ।
नेपाल सरकार, अर्थ मन्त्रालय द्वारा २०७८ मा जारी कोभिड १९ को महामारीबाट प्रभावित अति बिपन्न परिवार नगद हस्तान्तरण कार्यविधिको स्थानिय कचनकवल गाउँ पालिकाले खिल्ली उडाएर वास्तविक बिपन्न परिवारको आवश्यकताको मजाक उडाएको छ। अति बिपन्न परिवारको पहिचान बिना नै हचुवाको भरमा मनोमानी तवरले रकम निकासा गरेको प्रमाण पाए पछि अनुसन्धानको क्रममा तितो यथार्थ थाहा लागेको हो।
कचनकवलको बनियानी बजारजस्तो महंगो ठाउमा दुई तले पक्की घर भएका, बर्सेनि पचासौ लाखको कारोबार गर्ने ब्यापरिहरु, अमेरिका अस्ट्रेलिया लगायत खाडी मुलुकमा बैदेशिक रोजगारिको लागि परिवारबाट बाहिर गएका परिवार सदस्यहरु, सहकारी संस्थाका मालिक तथा कर्मचारुहरुले आफुलाइ अति बिपन्न भनी रकम लिएको खुलासा भएको हो।

के भन्छ निर्देशिका(कार्यविधी)?
कोभिड १९ बाट प्रभावित भइ बिगतमा भएको रोजगारी गुमाएका र पुनः अवसर नपाएका, असङ्गठित क्षेत्रका अति बिपन्न मजदुर वा कामदारले रकम पाउने। खुला सडक, फुटपाथामा सामान बेच्ने, भारिया, दैनिक ज्याला मजदुरि गर्ने श्रमिक, रिक्सावाला, ठेलागाडा मजदुर लाई रकम दिने। कोभिड संक्रमणको कारण आय आर्जन गर्ने परिवार सदस्यको मृत्यु भइ अर्थोपार्जनको माध्यम नभएको परिवारको सदस्यलाइ नगद दिने।
निवेदन दिदाको समयमा निजि, सरकारी स्तरमा कुनै पनि परिवारिक सदस्या कामदार नभएको हुनु पर्ने, बैदेशिक रोजगारिमा परिवारको सदस्य नभएको हुनु पर्ने आदि उल्लेख छ। प्रधानमन्त्री स्वरोजगारबाट कुनै रकम नपाएको र पैत्रिक सम्पत्ति भएकोले नपाउने ब्यवस्था गरिएको छ।

वडाध्यक्षको मनोमानी, गाउँ पालिकाको आलस्यता।

अनुगमन तथा सहजीकरण समितिमा पालिका उपाध्यक्षको संयोजन रहने गरि ४ सदस्यीय समिती बनाउने प्रावधान छ जस्ले अति बिपन्न परिवारको पहिचान गर्ने र सो अनुसार रकम बिनियोजन गर्नु पर्ने दायित्व हुन्छ। कोभिड १९ पोजिटिभ भएका हर कोइलाई वडाध्यक्षले सिफारिस दिएर गाउँ पालिका उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत सम्मिलित टोलिले त्यस उपर कार्वाही नगरी निर्देशिका बिपरित स्वास्थ शाखालाइ रकम दिनको लागि सिफारिस सम्म गर्न लगाइएको पाइएको छ। निर्देशिकाले स्वास्थ शाखाको संलग्नता कहि पनि हुने भनी खुलाएको छैन। रकम अति बिपन्न परिवारका लाई कोभिड पोजिटिभ हुदा मात्र दिने भनिएको नभएर महामारिले पारेको असर थेग्न नसक्ने अति बिपन्नको पहिचान गरि दिनु पर्ने उल्लेख छ।

बास्तविक गरिबहरु बेखबर।

सुचन समयमा नपुर्याउदा र अशिक्षित वास्तविक गरिबहरुले जानकारी नपाउनुले उनिहरु यो योजनाबाट लाभान्वित हुन नपाएको गुनासो गर्छन। राज्यको सम्पत्तिको दोहन गरेको यो कुकर्म र गरिबको अधिकार हनन गरेको कचनकवल गाउँ पलिकाको यो अमानवीय र गैर कानुनी कार्यप्रती सरकारको ध्यानाकर्षण होस भन्छन, एक स्थानिय।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट