zestkhabar

बिहिबार, भाद्र २ २०७९

  • बिहिबार, भाद्र २ २०७९

एनआरएनए मलेसियाद्वारा पत्रकारहरुको स्वागत

एनआरएनए मलेसियाद्वारा पत्रकारहरुको स्वागत


  • जनसवाल
  • आइतबार, असार १२ २०७९
1.9K
SHARES

क्वालालम्पुर । गैरआवासिय नेपाली संघ एनआरएनए मलेसियाले नेपालबाट कोरोना पछिको वैदेशिक रोजगारको सम्भावना र चुनौती, रेमिट्यान्सको अवस्था र गैरआवासिय नेपालीका बिबिध गतिबिधिका बारेमा स्थलगत रिपोर्टिंगका लागि आएका पत्रकारहरुलाई स्वागत गरेको छ ।
एनआरएनए मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा तथा युवा संयोजक अरुण गिरिले क्वालालम्पुर विमानस्थलमा पुगि पत्रकार टोलीलाई स्वागत गरेका हुन । पत्रकारहरुको टोलीमा जनसवाल राष्ट्रिय दैनिकका संपादक रामजी बगाले, साझा सबाल डटकमका प्रधानसंपादक अनिल अधिकारी, नयाँ सडक दैनिकका संपादक ज्ञानप्रसाद पौडेल, ब्रेकलिंक्स डटकमका पत्रकार डिल्ली पाण्डे, प्रदेश अनलाइन खबर डटकम र एसियन खबर डटकमका पत्रकार शेखर लामा लगायत रहेका छन ।
पत्रकारहरु सँगको भेटमा उपाध्यक्ष सापकोटाले अव्यवस्थित रुपमा रहेको वैदेशिक रोजगारलाई व्यवस्थित बनाई हुण्डी कारोबारको अन्त्य गराउन नेपाल सरकारलाई दवाव दिन आवश्यक रहेको बताए । उनले कोरोनाको कहर अघिनै लामो समय मलेसिया रोजगार बन्द रहेर कोरोनाको कारण समेत लामो समय बन्द रहेको मलेसिया रोजगार बिस्तारै पुरानै लयमा फर्किएको बताए । सापकोटाका अनुसार मलेसियाले पछिल्लो सम्झौता अनुसार तलब बढाएपछि नेपालीहरुको लागि मलेसिया आकर्षक गन्तव्य मुलुक बनेको छ । उपाध्यक्ष सापकोटाले मलेसिया रोजगार खुलेसँगै र तलब समेत बढेसँगै म्यानपावरहरुको अस्वस्थ प्रतिष्पर्धाको कारण कामदारको लागत बढेको बिषयलाई नियन्त्रण गर्न नेपाल सरकार गम्भीर बन्नु पर्नेमा ध्यानाकर्षण गरे ।

स्थलगत रिपोर्टिंगका क्रममा मलेसियामा रहेर पत्रकारहरुले पछिल्लो समय मलेसिया रोजगारमा आएको समस्या र नेपालीहरुको गतिबिधिबारे नजिकबाट बुझ्ने बताएका छन । उक्त टोलिलाई गैरआवासिय नेपाली संघ एनआरएनएका आइसिसि सदस्य नेत्र केसिले भेटघाट गरि विविध बिसयमा छलफल गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट