zestkhabar

बिहिबार, असोज १३ २०७९

  • बिहिबार, असोज १३ २०७९

पछिल्ला वर्षहरूमा युएइमा उच्च दक्ष र दक्ष क्षेत्रमा कार्यरत नेपालीहरूको संख्या बढ्दै

पछिल्ला वर्षहरूमा युएइमा उच्च दक्ष र दक्ष क्षेत्रमा कार्यरत नेपालीहरूको संख्या बढ्दै


  • जनसवाल
  • बुधबार, जेष्ठ २५ २०७९
760
SHARES

काठमाडौं । पछिल्ला वर्षहरूमा युएइमा उच्च दक्ष (Highly Skilled) र दक्ष (Skilled) क्षेत्रमा कार्यरत नेपालीहरूको संख्या बढ्दै गएको देखिन्छ। युएइका प्रतिष्ठित एअरलाइन्सहरूमा दर्जनभन्दा बढी नेपाली पइलटहरू कार्यरत हुनुहुन्छ। दर्जनौ डाक्टर, इञ्जिनिअर र नर्सहरू हुनुहुन्छ। ठूलठूला बहुराष्ट्रिय कम्पनीहरूमा उच्च व्यवस्थापकीय जिम्मेवारीमा हुनुहुन्छ।
चार्टर एकाउन्टेन्ट, वैज्ञानिक, प्राज्ञ (Academicians), कार्यकारी सेफ, आइटीविज्ञ आदिको संख्या पनि बढ्दै गएको देखिन्छ। युएइको तीव्र विकास र समृद्धिको यात्रा अघि बढ्दै जाँदा यस्ता अवसरहरू थपिंदै जाने र त्यसबाट नेपालीहरूले पनि लाभ उठाउन सक्ने देखिन्छ। युएइमा नेपालीहरूका लागि उच्च दक्ष र दक्ष क्षेत्रमा रोजगारीका थप अवसरहरूको खोजी र प्रवर्द्धनमा दूतावास पनि सक्रिय रहँदै आएको छ।
नेपालीहरूको ‘साझा घर’ को रूपमा रहेको नेपाली राजदूतावास, अबुधाबीले युएइमा रहेका नेपाली समुदायसँग नियमित रूपमा छलफल तथा अन्तरक्रिया गर्दै आएको छ।
यसै सिलसिलामा दूतावासले हालसालै युएइमा कार्यरत नेपाली डाक्टर, पाइलट, वैज्ञानिक, प्राज्ञिक व्यक्तित्वलगायतसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
सो अवसरमा मैले उहाँहरूलाई परराष्ट्र मन्त्रालयमा रहेको Brain Gain Center (BGC) मा आबद्ध भई मुलुकको विकास र समृद्धिमा आआफ्ना ठाउँबाट योगदान गर्न अनुरोध गरेको थिएँ।
कार्यक्रममा उहाँहरूले देखाउनुभएको मातृभूमिप्रतिको अगाध प्रेम र आफूले आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधि आफ्नै देशमा सदुपयोग गर्ने चाहना प्रशंसा गर्नलायक थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट