zestkhabar

सोमबार, मंसिर १२ २०७९

  • सोमबार, मंसिर १२ २०७९

महासंघका अध्यक्ष खड्काद्वारा समाचारमा आपत्ति

महासंघका अध्यक्ष खड्काद्वारा समाचारमा आपत्ति


  • जनसवाल
  • बुधबार, जेष्ठ १८ २०७९
11.6K
SHARES

काठमाडौं । जनसवाल दैनिक पत्रिका र अनलाइन पोर्टल जनसवाल डट कममा यही जेठ ६ गते र जेठ ८ गतेको विरुद्ध प्रकाशित समाचारमा महासंघका अध्यक्ष खड्काले आपत्ति जनाएका छन । खड्काले नेपाल स्वास्थ्य व्यवसायी महासंघ र आफूलाई जोडेर प्रकासित समाचारमा आश्चर्यचकित बनेको बताएका छन । मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण प्रक्रिया स्वच्छ र पारदर्शी तरीकाले हुँदै आएको खड्काले बताएका छन ।
कोही साझेदारले मेरो कम्पनीका सम्बन्धमा विवाद गरेको छैन, बरु सरकारी निकायमा गई कानुन अनुसार पाउने पैसा बुझि कम्पनीबाट अलग भएको खड्काले बिज्ञप्तिमा बताएका छन । त्यसको प्रमाण समेत यसै पत्रसाथ बुझाएको छु । जहाँसम्म बायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा दादागिरी भन्ने समाचार छ, त्यसमा कुनै सत्यता नभएको खड्काले बताएका छन । राजस्व ठगी गरेको, लुट मच्चाएको जस्तो समाचार लेखेर आफ्नो व्यक्तिगत मर्यादा, प्रतिष्ठामाथि आँच पुर्याउने काम भएको उनले बताएका छन ।
मेरो बारे कुनै समाचार लेख्दा मलाई थाहा नै नदिई नसोधी, मेरो भनाई नराखी लेखेकोमा दुख लागेको खड्काले बताएका छन । यो काम पत्रकारिताको मर्म र आचारसंहिता अनुसार नभई आफू विरुद्ध नियोजित रुपमा प्रहार भएको सहजै बुझ सकिने खड़काले दाबी गरेका छन-‘मैले स्वच्छ र पारदर्शी रुपमा काम गरेको सप्रमाण उपलब्ध गराउन चाहन्छु । समाचारमा भनिएजस्तो केही नभएको, प्रहरी र राजस्व कार्यालयमा पनि मेरा बारेमा कुनै अनुसन्धान नभएको जानकारी गराउन चाहन्छु ।’
‘म सँगै साझेदार भएर काम गरेका केही साथीहरु अलग्गिएपछि उनीहरुको उक्साहटमा लागेर एक पक्षीय समाचार लेख पत्रकारिताको धर्मले दिन्छ र ?’ यस्तो गलत काममा पत्रिका र अनलाइन पर्न नहुने उनले बताएका छन । राम्रो सँग बुझेर समाचार प्रकाशित गर्नका लागि मेरो सदैव साथ हुने प्रष्ट पार्न चाहान्छु । समाचार लेख्दा दुवै पक्षको भनाई राख्नुपर्ने भएतापनि आफ्नो भनाई नराखेकोमा दुख प्रकट गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट