zestkhabar

बिहिबार, असोज १३ २०७९

  • बिहिबार, असोज १३ २०७९

पचासौ दिनको पुर्व सन्ध्यासम्म आइपुग्दा पनि आन्दोलनप्रती बेवास्ता, पानीमा रुझ्दै आन्दोलित जनता

पचासौ दिनको पुर्व सन्ध्यासम्म आइपुग्दा पनि आन्दोलनप्रती बेवास्ता, पानीमा रुझ्दै आन्दोलित जनता


  • जनसवाल
  • सोमबार, जेष्ठ ९ २०७९
2.6K
SHARES

निश्चल दाहाल, धरान / “सेभ घोपा क्याम्प” भन्ने नाराका साथ धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान सुधारका एजेन्डा सहित आज भन्दा ४९ दिन अघि शुरु गरिएको आन्दोलनप्रती हस्पिटल ब्यवस्थापनले कुनै चासो देखाएको छैन।

 

धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान समग्र पुर्वी नेपालको लागि स्वास्थोपचारको लागि आशाको केन्द्र मानिन्छ। हामी नेपाल नामक संस्थाले ३२ शुत्रीय माग राखी सुरु गरेको आन्दोलनलाइ , अब आन्दोलन धराने जनताको आन्दोलन भनी संस्थाले धरानका स्थानियहरुलाइ आन्दोलन सुम्पिएको संस्थाका प्रतिनिधि सुदन गुरुङ्गले जनसवाललाई बताए। आजको दिन सम्म स्थानियलाइ यसरि आन्दोलित राख्नु र हस्पिटल जिम्मेवार नहुनुले हजारौ सेवाग्राही हरुले सास्ती भोग्नु परेको स्थानिय निश्चल पलिखे बताउछन।

शान्तिपुर्ण आन्दोलन गरिरहेका धरान निवासी जनताहरुले बिपि प्रतिष्ठानको डेन्टल गेट अगाडिको सडकमा दिनको ४ बजे देखि बेलुकी ६ बजे सम्म सडकमा बसि, गाना बजाइ तथा आ आफ्ना पीडा सबै सामु पोखी आन्दोलन बढाइरहेका छन। आज ४९औ दिन सम्म आइपुग्दा भिषण बर्षा र हावाहुरी आए पनि, स्थानिय हरु सेभ घोपा क्याम्प भन्दै सडकमा रुझ्दै नारा लगाइ रहेका थिए। बिगतदेखी नै राजनितिक रङ्ग दिन विभिन्न दलहरु लागि परेता पनि यो समग्र धरान निवासिको मुद्दा हो यो पुर्वी नेपालका जनताको साझा मुद्दा हो त्यसैले हामिले राजनितिक हस्तक्षेप हुन दिएका छैनौ भन्दै आन्दोलनकारिहरु अन्त्य सम्म यो आन्दोलनलाइ लाने र आफ्नो मागहरु पूरा गराएरै छोड्ने हौसला सहित बढेका छन।

बिपि प्रतिष्ठानमा एमआरआइ नहुनु, इमर्जेन्सी लगायत आइसियुमा बेड नहुनु र ज्यादातर रिफरल दिई बिराटनगर बिमारी पठाउने कार्य गरिनाले स्वास्थलाभको नैसर्गिक अधिकार खोसेको स्थानिय बताउछन। कर्मचारी लगायत डाक्टरहरुले रुखो जवाफ दिने, जिम्मेवार भएर स्वास्थोपचार नगर्नुले धेरै बिमारिहरुको ज्यान जोखिममा पारेको आरोप आन्दोलनकारी लगाउछन।

भोलि पचासौ दिन देखि आन्दोलनको रुप बदल्ने र प्रतिष्ठान भित्र गइ घेराउ गर्ने सम्मको कार्यक्रम रहेको र भिसी प्रा . डा. ज्ञानेन्द्र गिरिको कार्यकक्ष अगाडि धर्ना दिदै अब आन्दोलनलाइ अझ सशक्त बनाउदै बढ्ने आन्दोलनकारिहरुले बताए। यश बिषयमा थप बुझ्न भाइस चान्सेलर गिरि सग सम्पर्क गर्न खोज्दा, गिरि सम्पर्कमा आएका छैनन।

आन्दोलनको मागहरु तल तस्वीरमा छ

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट