zestkhabar

शुक्रबार, असार १७ २०७९

  • शुक्रबार, असार १७ २०७९

वैदेशिक रोजगार व्यवसायी कमल तामाङ सुनकोसी गाउँपालिकाको अध्यक्षमा

वैदेशिक रोजगार व्यवसायी कमल तामाङ सुनकोसी गाउँपालिकाको अध्यक्षमा


  • जनसवाल
  • मंगलबार, जेष्ठ ३ २०७९
1.4K
SHARES

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी कमल तामाङ ओखलढुंगाको सुनकोसी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा सफल युवा व्यवसायीका रुपमा पहिचान बनाएका तामाङ नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निवर्तमान प्रथम उपाध्यक्ष हुन् ।

उनी हिमाअरब ओभरसिजका प्रबन्ध निर्देशक रहेका छन् । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय तामाङले बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेका इन्द्रबहादुर खड्कालाई पछि पार्दै विजयी भएका हुन् ।

तामाङले ५ हजार ३ सय ९९ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले ४ हजार १ सय ७४ मत ल्याएका छन् । यस्तै सो पालिकाको उपप्रमुखमा पनि कांग्रेसकै सुनिता अधिकारी विजयी भएकी छिन् । उनले ५ जार २ सय १५ मत ल्याएर विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरस्वती कार्की पौडेलले ४ हजार १ सय ८८ मत ल्याइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट