zestkhabar

शुक्रबार, असार १७ २०७९

  • शुक्रबार, असार १७ २०७९

गोरखाको भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा माओवादी उम्मेदवार बन्जारा विजयी, उपाध्यक्षमा अमृतादेवी

गोरखाको भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा माओवादी उम्मेदवार बन्जारा विजयी, उपाध्यक्षमा अमृतादेवी

वार्ड अध्यक्षहरुमा वडा नं १ मा माओवादीका विकास श्रेष्ठ, वडा नं २ मा कांग्रेसका नारायण प्रसाद भट्टराई, वडा नं ३ मा कांग्रेसका ऋषिराम लामिछाने, वडा नं ४ मा कांग्रेसका धनबहादुर तामाङ, वडा नं ५ मा माओवादीका हाेमबहादुर बराम ,वडा नं ६ मा माओवादीका रञ्जन रिमाल, वड़ा नं ७ मा माओवादीका नारायण श्रेष्ठ र वडा नं ८ मा माओवादीका बिष्णु श्रेष्ठ निर्वाचित


  • जनसवाल
  • सोमबार, जेष्ठ २ २०७९
1.8K
SHARES

काठमाडौं । गोरखाको भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लोकप्रसाद बन्जारा विजयी भएका छन । उनले ४ हजार ४४९ मत ल्याएर अध्यक्ष जितेका हुन । बन्जाराले नेपाली कांग्रेसका उम्मेदवार रोशन गुरूङलाई पछि पारी बिजयि भएका हुन । गुरूङले ४ हजार ३९२ मत मात्रै ल्याएका थिए।
उक्त गाऊपालिकामा उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ । कांग्रेसकी उम्मेदवार अमृतादेवी वस्ती भट्टले ४ हजार ४९६ मत ल्याएर उपाध्यक्षमा बिजय प्राप्त गरेकी छन । २०७४ को निर्वाचनमा बन्जारा अध्यक्षमा पराजित भएका थिए ।
भिमसेन थापामा अघिल्लो निर्वाचनमा कांग्रेसले बिजय प्राप्त गरेको थियो । त्यसबेला कांग्रेसका ईश्वर पाण्डेले अध्यक्ष जितेका थिए। करिब १९ हजार ७२२ मतदाता रहेकाे भिमसेनमा करिब ६५ प्रतिशत मत खसेकाे थियाे । अन्तिम मत परिणाम अनुसार पालिकामा ८ वडामा कांग्रेसले वडा न २, ३ र ४ मा जित हासिल गरेकाे छ । माओवादीले वडा न १, ५,६,७ र ८ मा विजय प्राप्त गरेकाे छ ।
वडा नं १ मा माओवादीका विकास श्रेष्ठ, वडा नं २ मा कांग्रेसका नारायण प्रसाद भट्टराई, वडा नं ३ मा कांग्रेसका ऋषिराम लामिछाने, वडा नं ४ मा कांग्रेसका धनबहादुर तामाङ, वडा नं ५ मा माओवादीका हाेमबहादुर बराम ,वडा नं ६ मा माओवादीका रञ्जन रिमाल, वड़ा नं ७ मा माओवादीका नारायण श्रेष्ठ र वडा नं ८ मा माओवादीका बिष्णु श्रेष्ठ निर्वाचित भएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट