zestkhabar

शुक्रबार, असार १७ २०७९

  • शुक्रबार, असार १७ २०७९

राधेराधेमा थ्रीडी आर्ट म्युजियमको उपत्यकाकै पहिलो शाखा शनिबारदेखि खुल्दै

राधेराधेमा थ्रीडी आर्ट म्युजियमको उपत्यकाकै पहिलो शाखा शनिबारदेखि खुल्दै


  • जनसवाल
  • मंगलबार, बैशाख २० २०७९
266
SHARES

भक्तपुर – नेपालकै ठूलो वन डे थ्रीडी आर्ट म्युजियमले उपत्यकाभित्रको पहिलो एवं आफ्नो दोस्रो शाखा आउँदो शनिबारदेखि सञ्चालनमा ल्याउने भएको छ । ललितपुरको इमाडोलमा मुख्य कार्यालय रहेको म्युजियमले उपत्यकाकै अर्को जिल्ला भक्तपुरको राधेराधेमा दोस्रो शाखा सञ्चालन गर्न लागेको हो ।

यसअघि म्युजियमले आफ्नो पहिलो शाखाको रुपमा हेटौंडा शाखा सञ्चालन गरिसकेको छ । ललितपुरको इमाडोलमा करिब २ वर्षअघि खुलेको नेपालकै ठूलो र धेरै थ्रीडी आर्टहरु भएको म्युजियमको पहिलो शाखाको रुपमा हेटौंडामा गत फागुन ७ देखि सञ्चालनमा ल्याएको थियो ।म्युजियममार्फत् उपत्यकाबासीलाई थ्रीडी आर्टबारे मनोरञ्जन र जानकारी दिइरहेको वन डे थ्रीडी आर्ट म्युजियमले सांस्कृतिक नगरि भक्तपुरलाई लक्षित गर्दै शाखा सञ्चालनमा ल्याउन लागेको संस्थामा संस्थापक अध्यक्ष सुन्दर विष्टले बताए । राधेराधे शाखाको प्रसिद्ध कलाकार मनोज गजुरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा सञ्चालनमा आउन लागेको म्युजियमले भक्तपुरबासीको मन जित्ने मात्र नभई भक्तपुरको अर्को गहनाको रुपमा स्थान बनाउने विश्वास आफूहरुले लिएको म्युजियमका सञ्चालक नरेश रञ्जीतले बताए ।कोरोना महामारीको प्रभाव कम भएसँगै आफूहरुले म्युजियममार्फत् उपत्यकाबासीलाई थ्रीडी आर्टबारे मनोरञ्जन र जानकारी दिइरहेको वन डे थ्रिडी आर्ट म्युजियमले यससँगै देशका विभिन्न भागमा म्युजियम सञ्चालन गर्ने तयारी गरेको कम्पनीका संस्थापक संचालक कृष्ण सुबेदीले बताए ।

त्यस्तै उपत्यकका लगायत देशैभर पुर्ण पारिबारिक मनोरन्जनका उपयुक्त स्थानहरु खासै बिकाश हुन नसकेको अबस्थालाई मध्य नजर गर्दै कलालाई मनोरन्जनको माध्यम बनाउँदै ब्यबसायीक कला बजार निमार्णका समेत म्युजियम निर्माणले सहयोग गर्ने संस्थाका संचालक तथा आर्ट संयोजक ओम प्रकाश बिश्वकर्माले बताए ।

कम्पनीले नेपालमा थ्रीडी आर्ट कलालाई पहिचान दिलाउनका लागि राजधानीको कुमारीपाटीमा नेपालकै पहिलो वन डे थ्रीडी आर्ट रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट