zestkhabar

बिहिबार, भाद्र २ २०७९

  • बिहिबार, भाद्र २ २०७९

एनआरएनएको एकता अधिवेसनका लागी बार्ता समिति गठन

एनआरएनएको एकता अधिवेसनका लागी बार्ता समिति गठन

समितिमा ओली, खरेल र आचार्य


  • जनसवाल
  • आइतबार, चैत्र ६ २०७८
18K
SHARES

काठमाण्डौं (जस)  – गैरआवासीय नेपाली संघ एनआरएनएको १०औ महाधिबेसन समन्धमा उत्पन्न वर्तमान समस्या लाइ समाधान गर्न दुवै पक्ष लचिलो भएका छन । एनआरएनएको १०औ महाधिबेसनका लागी दुबै पक्षले आ आफ्नो तर्फबाट छुट्टा छुट्टै अधिवेसन घोषणा गरिसकेको अवस्थामा एनआरएनए प्रमुख संरक्षक शेष घलेले आफ्नो तर्फबाट एकताको आव्हान गर्दै बार्ता समिति गठन गरेका छन । बार्ता समितिमा शनि कुमार ओली,बेद प्रसाद खरेल र दुर्गा आचार्य रहेका छन । उक्त बार्ता समितिले सोमवार बेलुकासम्ममा अर्को पक्षसँग छलफल गरि सहमती गराएर एकता महाधिवेसन संयुक्त रुपमा गर्न पहल गराउने जिम्मा दिईएको छ । प्रमुख संरक्षक शेष घलेको उक्त निर्णयको स्वागत गरिएको छ । केहि दिनदेखी प्रमुख संरक्षक घलेलाई एकताको बिरोधीको आरोप लगाईएको थियो । गैर आवासीय नेपाली संघको १०औ महाधिबेसन समन्धमा उत्पन्न वर्तमान समस्या लाइ समाधान गर्न दुवै पक्ष बिच १० औ महाधिवेशन सम्पन्न गर्न सहमती गर्न दुवै पक्ष सहमतिको नजिक पुगेको छ । एनआरएनएलाई फुटबाट बचाउन दुबै पक्ष लचिलो भएपछि एकताको सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट