zestkhabar

बिहिबार, असोज १३ २०७९

  • बिहिबार, असोज १३ २०७९

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा न्यूरोडबाट अधिकारी पक्राउ : क्रिप्टोकरेन्सी कारोबारीको भागाभाग

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा न्यूरोडबाट अधिकारी पक्राउ : क्रिप्टोकरेन्सी कारोबारीको भागाभाग

ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डको खुलेआम ठगी कार्य जारी


  • जनसवाल
  • बुधबार, माघ १९ २०७८
5.9K
SHARES

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौँको न्यूरोडस्थित गुच्चाटोलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका घर भई भक्तपुरमा बस्दै आएका रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारी छन् ।

इन्फिनिटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्डको नाममा अबैध नेटवर्किङको धन्दा

३० वर्षीय अधिकारीलाई माघ १६ मा पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए । आरोपीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ ।

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ गैरकानूनी : राष्ट्र बैंक

अधिकारीले १ करोड ४८ लाख ४४ हजार डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को कारोबार गरेको देखिएको एसपी राठौरले बताए । उनले भने–‘आरोपीले प्रयोग गरेको मोबाइलबाट १३ लाख रुपैयाँ नेपाली मुद्रा बराबरको डिजिटल मुद्रा मौज्दात देखिएको छ ।’

हाल ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डले खुलेआम ठगी कार्य चलाईरहेका छन । नेपालीलाई गैरकानूनी नेटवर्किङ व्यवसायमा प्रोत्साहन गरि ठगी गर्न हाल देश वा बिदेशमा कम्पनिका प्रतिनिधिहरुलाई राखिएको छ । प्रहरीले धेरैपटक यस्ता नेटवर्किङ ठगी धन्दा र क्रिप्टोकरेन्सीमा संलग्नलाई पक्राऊ गर्दै आए पनि अबैध रुपमा नेटवर्किङ व्यवसाय चलाउनेको संख्या दैनिक बढदो छ । क्रिप्टोकरेन्सी र नेटवर्किङ धन्दामा नेपाल या बिदेश जता पनि दिवासपना बाडेर रातारात लखपति बनिन्छ भन्दै यो समुहले निर्बाध रुपमा ठगीधन्दा चलाउँदै आईरहेको छ । यिनिहरुको ठगी धन्दालाई नेपालका केहि बैंक संचालकहरुले साथ दीईरहेका छन । हाइपर फन्ड डिसेम्बरदेखि ‘हाइपर भर्स’को रूपमा रूपान्तरण गर्दै नाम परिवर्तन गरि संचालन गर्दै आएको छ। अन्य कम्पनिले पनि केहि महीना या बर्षमा नाम परिवर्तन गरिरहन्छन । हाल कुरै नबुझी सर्वसाधारणहरु ईन्फिनिटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्डमा रातारात पैसा कमाउने लोभमा लगानी गरिरहेका छन । यि कम्पनिमा भएको अन्धाधुन्ध लगानीले मुलुकमा आर्थिक संकट निम्तिएको छ भने हजारौ सर्वसाधारणहरुको करोडौ लगानी डुबने निस्चीत रहेको अर्थविदहरु बताउछन ।
ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर भर्स अनलाइन नेटवर्किङ ब्यापार हो । यसले वस्तु तथा सेवाको बिक्री नगरी पैसाको कारोवार गर्ने गर्दछन । यि कम्पनीले ३००% सम्म फाईदा हुने आश्वासन देखाएर एजेन्टमार्फत सर्वसाधारणबाट पैसा लगानी गराइन्छ । इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्ड क्रिप्टो करेन्सीजस्तै अनलाइन बिजनेस हो भनेर एजेन्टहरुले सर्वसाधारणको लगानी संकलन गरे पनि यो दिवासपना मात्रै हो । यस्लाई परिवर्तनीय (कन्भर्टिकल) बन्ड बिक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गरिएको छ । यिनिहरुको एप डाउनलोड गरेर एकाउन्ट खोल्ने गरिन्छ ।
ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्ड सबै गैरकानुनी ब्यापार हो । नेपाललगायत अन्य कुनै पनि देशले यसलाई अनुमति दिएका छैनन । तर नेपालका कुना काप्चादेखि विश्वका धेरैजसो देशमा इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डले खुलेआम ठगीधन्दा चलाईरहेको छ । ईन्फिनीटि ग्लोबलमा दुबईमा बसेर राकेश पन्तले र नेपालबाट इन्दिरा शाहलगायतले नेतृत्व गरी सर्बसाधारण लाई लुटिरहेका छन । यिनिहरुले अबैध रुपमा संकलन गरेको रकम दुबई र नेपालको बिभिन्न क्षेत्रमा ब्यक्तिगत रुपमा अबैध लगानी गरिरहेका छन् ।
यसैगरि सोलम्याक्समा पनि दुबईमा बसेका नेपालीहरु अमर खत्री, प्रकाश महतलगायतले नेतृत्व गरि अबैधानिक रुपमा रकम संकलन गरिरहेका छन । उनीहरुले यसरी संकलन गरेको रकमले दुबईमा एभरेस्ट हंड्रेड रेस्टुरेंट, नेपालमा सहकारी र घर जग्गामा अबैध लगानी गरेका छन् ।
हाइपर भर्समा मनोज तामाङ, अभि श्रेष्ठ, प्रति राई, डिजोज न्यौपाने, कवि तामाङ, नवराज न्यौपाने, राजकुमार थापा, वीरबहादुर तामाङलगायत अग्रस्थानमा रहेर आफ्नो धन्दा चलाईरहेका छन ।
इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्ड जस्ता कम्पनिका कारण गत साउनदेखि रेमिट्यान्स निरन्तर ओरालो लागिरहेको छ । वैदेशिक रोजगारीमा जान युवाको लर्को लागे पनि रेमिट्यान्स घट्नुले विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउनुको सट्टा इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डमा लगानी गरेको हुन सक्ने आंशका बढेको छ । हाल यि कम्पनिमा लगानी गरेका एजेन्टहरुले महिनामा २ सयदेखि ३ सय डलरसम्म दैनिक कमाएको बताऊदै नया सदस्य बनाउने गरेका छन । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक युएई, कतार, युरोप, कोरिया, मलेसियालगायतका देशमा रहेका नेपाली र नेपालमा रहेका अन्य नेपालिले ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डमा जोडिएका छन् ।
इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डको सदस्यता बनेबापत कुनै पनि व्यक्तिले १ सय ८० प्रतिशत देखि २५६% प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता गरिन्छ । सुरुसुरुमा लगानी गर्नेले केही प्रतिफल चाखेजस्तो भए पनि इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डबाट ठगिने निश्चित देखिन्छ । यसले कुन क्षेत्रमा लगानी गर्छ र लगानीकर्तालाई प्रतिफल दिन्छ भन्ने केहि खुलाइएको हँुदैन । नयाँ व्यक्ति सदस्य बनाएर पुरानालाई प्रतिफल दिएजस्तो गर्ने र धेरै सहभागी भएपछि सर्वसाधारण ठग्ने नियत स्पस्ट देखिन्छ । यसमा जति बढी सदस्यता हुन्छन तिनिहरुको लगानी डुब्ने देखिन्छ । इन्फिनिटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्ड कसैको नियमनको दायरामा पनि छैनन । नाम मात्रको अनलाईन कम्पनी रहेको यसका सदस्यहरु नै बताउँछन् । आज यि कम्पनीको रुपमा रहे पनि अर्को दिन नाम परिवर्तन हुनसक्ने ती सदस्यले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट