zestkhabar

सोमबार, मंसिर १२ २०७९

  • सोमबार, मंसिर १२ २०७९

एनआरएनए अध्यक्षमा बद्रि समूहको फर्जी उम्मेदवारी, केसीमाथि भ्रस्टाचारको आरोप

एनआरएनए अध्यक्षमा बद्रि समूहको फर्जी उम्मेदवारी, केसीमाथि भ्रस्टाचारको आरोप


  • जनसवाल
  • मंगलबार, असोज १९ २०७८
11.1K
SHARES

काठमाडौ ।गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदका प्रत्यासी कुल आचार्यलाई समर्थन गरिसकेका उम्मेदवारहरु आफ्नो टिममा रहेको दावी गर्दै संघका उपाध्यक्ष बद्रि केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
मंगलबार काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गरी केसीले अध्यक्ष पदमा आफुलाई जिताउन आग्रहसमेत गरे । उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका हुन उनको टिममा अधिकांश नेकपा एमाले समर्थक उम्मेदवारहरु मात्रै रहेका छन ।
कुल आचार्यको टिमबाट उपाध्यक्ष पदको उम्मेदवारी दिइ सकेका महेश श्रेष्ठ तथा कोषाध्यक्षका उम्मेदवार लोक दाहाल पनि आफ्नो टिममा रहेको फर्जी घोषणा उक्त कार्यक्रममा गरिएको थियो ।
हाल काठमाडौँमै रहेका लोक दाहालले सोमबार कुल आचार्यको टिमद्वारा संचालित खुला डबलीमा बोल्दै आफुले टिम कुलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको सार्वजनिक घोषणा नै गरेका थिए । दाहालले आफू बद्री टिममा रहने भए कार्यक्रम स्थलमै पुग्ने बताउदै कुल समुहमै रहेको बताए ।
बद्रि केसी निकट श्रोतले भने पहिले नै उक्त भिडियो बनाइएकाले टिमको नाम सुनाउंदा श्रेष्ठ र दाहालको नाम पनि पर्न गएको जनाएको छ ।
सो अवसरमा केसी टिमबाट उपाध्यक्षमा हेमराज शर्मा, धर्मराज अधिकारी, यश्मिन वेगम शैयद, युवा उपाध्यक्षमा रोशन थापा, महासचिवमा गौरीराज जोशी, सचिवमा ओम गुरुङ, रामशरण सिम्खडा, चिरञ्जिीवी घिमिरे, राधिका गुरुङ ‘टिका’ महिला सचिबमा उम्मेदवारी घोषणा गरिएको थियो ।
कार्यक्रममा सल्लाहकार टिबी कार्कीले एनआरएन अभियानका लागि अबको नेतृत्वमा बद्री के.सी स्वभाविक उम्मेदवार भएको बताए । कोरियास्थित एमाले ओली समूहकी सक्रिय कार्यकर्ता मीना थापा लगायतका वक्ताले केसी प्रति समर्थन जनाएका थिए । त्यस्तै मध्यपुर्बका राजु शैयदले आफु नेपाली कांग्रेस निकट भए पनि बद्रि केसीको टिमलाई जिताऊन आफुले आफ्नी श्रीमतीलाई उनको टिममा पठाएको बताए ।
कार्यक्रममा संघका संस्थापक महासचिव भिम उदासको नाम बोलाइए पनि उनी उपस्थित भएनन । उदासले गत साता काठमाडौँमा आयोजित कुल आचार्यको घोषणा सभामा उपस्थित भएर उनलाई शुभकामना दिएका थिए ।
घोषणा सभामा एनसीसी जापानका विवादित अध्यक्ष शिव प्रसाद पौडेलले उपाध्यक्ष केसीको उम्मेदवारीप्रति समर्थन जनाएका थिए । जापानको चुनावमा एनआरएनएको केन्द्रीय सचिवालय प्रयोग गरी व्यापक धांधली गरिएको एक छानबिन समितिले रिपोर्ट दिएको छ । जापानका एनआरएन अभियन्ताहरुले उक्त कथित चुनाव रद्द गरी नयाँ चुनाव गराउन माग गर्दै आएका छन्। तर केसीले जापानमा कुनै पनि हालतमा नयाँ चुनाव नहुने बताउंदै आएका छन ।

केसीमाथि भ्रस्टाचारको आरोप

कोरोना महामारीको बेला समस्यामा परेका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको सहयोगार्थ एनआरएनएलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले करिब दश करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

उपाध्यक्ष बद्रि केसीको संयोजकत्वमा एनआरएनएले वैदेशिक रोजगारीमा रहेर समस्यामा परेका नेपाली कामदारको सहयोगका लागि समिति गठन गरेको थियो । तर युएइ लगायतका मुलुकमा व्यापक भ्रस्टाचार गरिएको र ती भ्रस्टाचारमा केसीले संरक्षण गरेको आरोप लागेको छ ।

युएइको भ्रस्टाचार छानबिन गर्न गठित समितिले अनुसन्धान प्रक्रिया र निष्कर्षसहित ८४ पृष्ठको लिखित प्रतिवेदन बुझाएको थियो । त्यस पछि एनसीसीले अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पालाई निलम्बन गरेको थियो ।

कोइराला र शेर्पाले परियोजना मार्फत प्राप्त रकम काठमाडौंस्थित एक बैंकमा खाता खोली जम्मा गरेका थिए ।

छानबिन समितिले प्रतिवेदनमा के उल्लेख छ भन्ने नखुलाए पनि प्रतिवेदन कोषाध्यक्षलाई हस्तान्तरण गरेको भने जानकारी दिएको छ ।

राजु केसी संयोजकत्वमा गठित छानबिन समितिमा भुवानीप्रसाद तिमिल्सिना, बाबुराम विश्वकर्मा, महेश गिरि, लक्ष्मण खनाल र महेश मोक्तान सदस्य रहेका थिए ।
तर उपाध्यक्ष केसी सहित केन्द्रीय समितिले नै भ्रस्टाचार प्रकरणमा जिम्मेवारहरुलाई नै जोगाउन खोजेको आरोप लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट