zestkhabar

शनिबार, असोज १३ २०८०

  • शनिबार, असोज १३ २०८०
Janasawal - एनआरएनए अध्यक्षमा आचार्य र केसी प्रतिस्पर्धी : आचार्यको पल्लाभारी, आचार्य र केसी समुहबाट कस–कसको उम्मेदवारी ?

एनआरएनए अध्यक्षमा आचार्य र केसी प्रतिस्पर्धी : आचार्यको पल्लाभारी, आचार्य र केसी समुहबाट कस–कसको उम्मेदवारी ?

एनआरएनए अध्यक्षमा आचार्य र केसी प्रतिस्पर्धी : आचार्यको पल्लाभारी, आचार्य र केसी समुहबाट कस–कसको उम्मेदवारी ?


  • जनसवाल
  • सोमबार, भाद्र १४ २०७८
20K
SHARES

काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति आइसीसीको आगामी अक्टोबरमा हुन गैरहेको १० औं महाधिवेशनमा अध्यक्ष पदमा कुल आचार्य, बद्री केसी र रबिना थापाले उम्मेदवारी घोषणा गरेका छन् । तर, थापाले कुल आचार्यलाई समर्थन गर्दै छिट्टै उम्मेदवारी फिर्ता लिने जनाईएको छ । यसपटक उम्मेदवारी घोषणा गरेका दुई प्रतिस्पर्धी मध्य केसीभन्दा कुल आचार्य बलियो उम्मेदवारका रुपमा देखिएका छन् । आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रर्वद्धन, गैरआवासीय नेपाली नागरिकता तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् भने केसीले पनि आफु बिभिन्न पदमा रहदै काम गर्दै आएकाले अध्यक्षमा दाबेदारी गरेको बताएका छन् ।
गत महिना सम्पन्न संघका राष्ट्रिय समन्वय परिषद चुनावमा आचार्यको प्रजातान्त्रिक समूहले लगभग दुई तिहाई स्थानमा आफ्नो नेतृत्व स्थापित गरेको थियो । यो सफलताले संघको केन्द्रीय नेतृत्वका लागि धेरै सहज हुने आचार्य समूहको दाबी छ । संघका ८५ वटा राष्ट्रिय समन्वय परिषद एनसीसी मध्ये ६४ वटा एनसीसीहरू मात्रै सक्रिय रहेका छन् । तर ती मध्ये आचार्यलाई ४९ भन्दा बढी एनसीसीको स्पष्ट समर्थन रहेको छ भने केसीको पक्षमा १२ वटा मात्रै एनसीसी रहेका छन बाकि एनसिसि कतै खुलेका छैनन् । संघमा ठूलो संख्यामा प्रतिनिधिहरू रहेको अमेरिका, बेलायत, अष्ट्रेलिया,कतार,मलेसिया,कोरिया लगायतका क्षेत्रमा आचार्यको समुह विजयी बनेको छ । आचार्यलाई नेपाली काँग्रेससँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेपछि उनको पक्षमा पल्लाभारी देखिएको हो । उनलाई बर्तमान सराकारका गठबन्धन दलहरुले समर्थन गरेका हुन । आचार्यले प्रजातान्त्रिकबाहेक वामपन्थी तथा प्रगतिशील खेमालाई समेत राखेर बलियो समूह बनाएका छन् । केही दिनभित्रै सबैलाई मिलाएर समावेशी टिमको औपचारिक घोषणा काठमाडौंबाटै गर्ने तयारी भइरहेको आचार्यले बताए ।
संघको राष्ट्रिय समन्वय परिषद बेलायतको बिभिन्न तहको जिम्मेवारीपछि एनसीसी बेलायतको अध्यक्ष, युरोप क्षेत्रको क्षेत्रीय संयोजक र पछि २०१७ मा अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भएका आचार्य २०१९ को निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी थिए । त्यतिबेला केही मतको अन्तरले मात्रै उनि उपविजेता बनेका थिए । तेती बेला बर्तमान अध्यक्ष कुमार पन्तलाई नेकपाले उम्मेदवार बनाएको थियो तेती बेला कम्युनिस्ट एउटै पार्टी थियो । अहिले त्यही कम्युनिस्ट तीन पार्टी बनेको छ जसमध्य दुई पार्टीले आचार्यलाई समर्थन गरेको छ भने नेकपा एमाले ओली समुहले िकेसीलाई आफ्नो उम्मेदवारको रुपमा अगाडि बढाएको छ ।
हाल आचार्य र केसीले प्यानल नै बनाएर आफ्नो चुनावी प्रचार अगाडी बढाएका छन् । यसपटक अन्तराष्ट्रिय परिषदको प्रवक्ता समेत ५९ पदाधिकारी पद मध्ये प्रवक्ता बाहेक ५८ सिटमा सहकार्य गर्नेहरुलाई उम्मेदवार बनाएर ठूलो टिम लिएर जाने आचार्यको योजना रहेको बताए । आचार्यले नेपालको संविधान जारी भएको छ वर्ष भईसक्दा पनि संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउँदा लाखौँ प्रवासी नेपाली प्रभावित भएको र आफुले तीन पुस्ता पछि पनि कायम रहने पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको बताए उनले भने म निर्वाचित भएमा सबै राजनीतिक दल तथा नेपाल सरकारसँग पहल गरेर गैरआवासीय नेपाली नागरिकता लागू गरी छाड्ने छु ।
एनआरएनए अभियन्ता तथा सल्लाहकार आचार्यले युवा तथा महिलालाई संस्थामा अगाडि बढाउनुका साथै संघको सुदृढीकरण तथा शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताए । विदेशमा बस्ने नेपालीले पठाएको रकम (विप्रेषण) ले नेपाल को अर्थतन्त्रमा ठुलो योगदान दिएको तर मध्यपूर्व, मलेसिया, कोरिया, युरोपलगायतका मुलुकमा नेपालीका लागि सुरक्षित र मर्यादित रोजगारको वातावरण सिर्जना गर्न धेरै काम गर्न बाँकी रहेको र त्यो आफ्नो कार्यकालमा पुरा गर्ने आचार्यले बताए । उनले संघले यस क्षेत्रमा पहल गरिरहेको भए पनि सबै साझेदारसँग सहकार्य गरेर नतिजा देखिने गरी आफुले काम गर्ने बताए ।
संघमा केही समयदेखि विविध समस्या देखिन थालेका छन् । आचार्यले एनआरएनए केन्द्रले राष्ट्रिय समन्वय परिषद हरुलाई नियन्त्रण गर्नुपर्छ भन्ने कुराको आफु बिरोधि भएको बताए । उनले राष्ट्रिय समन्वय परिषद(एनसिसि)लाई स्वायत्त, सुदृढ र आत्मनिर्भर बन्न सघाउने आफ्नो नीति हुने समेत जानकारी गराए । ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल नारा बोकेको एनआरएनएले प्रवासमा रहेका नेपालीलाई एकजुट गर्दै उनीहरुसँग रहेको सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने उद्देश्य राखेको छ । ‘एनआरएनएप्रति प्रवासी नेपालीको मात्रै होइन, मातृभूमि नेपाल र नेपालीको पनि धेरै नै अपेक्क्षा रहेको छ, हामीले ती अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ’, आचार्यले भने ।
सन २००३ मा अग्रजले संघ स्थापना गर्दा अगाडि सारेको भिजनलाई नै समयानुकूल बनाई आफूले काम गर्ने दृढता रहेको र संसारभरि फैलिएका नेपाली र नेपाल समृद्ध भएको हेर्ने आफ्नो चाहना रहेको आचार्यले बताए । यसका लागि संघले सक्दो पहल गरिरहेको छ, नेपाल सरकारले यसका लागि उपयुक्त वातावरण बनाओस भन्ने मात्र आफ्नो चाहना रहेको आचार्यले जनाए । नेपाल सरकारले मान्यता दिएको एनआरएनए नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता रहेको संस्था हो । अहिले संसारभरि यसका सदस्यको संख्या एक लाख नाघेको छ । हाल संस्थाले ८५ भन्दा बढी मुलुकमा आफ्नो संजाल बिस्तार गरिसकेको छ । आचार्यले आफ्नो अभियानलाई साथ सहयोग र समर्थन गरिदिन विश्वमा रहेका गैरआवासिय नेपालीलाई अनुरोध गरेका छन ।
आचार्य र केसी समुहबाट कस–कसको उम्मेदवारी ?
हाल संघको संशोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था रहेको छ । जनसवाललाई प्राप्त जानकारी अनुसार ‘टीम कुल’ बाट उम्मेदवारी दिने आईसिसिका पदाधिकारीहरुको लगभग टुंगो लागिसकेको छ । समाचार श्रोतका अनुसार उपाध्यक्षमा सल्लाहकार त्रिलोक गुरुङ,सचिब आर.के. शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ र उपाध्यक्ष मन केसी रहने बताईएको छ । यस्तै महिला उपाध्यक्षमा निवर्तमान सचिब जानकी गुरुङ र युवा उपाध्यक्षमा मध्यपूर्व युवा संयोजक राज रेग्मीलाई समावेश गरिएको छ । महासचिवमा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा केशव पौडेलको निश्चित भएको छ ।
यसैगरी सचिवमा मलेसियाबाट एसिया प्याशिफिक डिआरसी खगेन्द्र न्यौपाने, मध्यपूर्व आरसी प्रविन गुरुङ, युरोप आरसी नारायण आचार्य रहेका छन् भने महिला सचिवमा आइसिसि महिला संयोजक भोमा लिम्बु रहेकी छन् । यसैगरी कोषाध्यक्षमा लोक दाहाल र सोम सापकोटाबीच सहमति गर्ने प्रयास भै रहेको र सहकोषाध्यक्षमा एशिया प्याशिफिक आरसी रोविन्द श्रेष्ठ (गोबिन्द), अफ्रिका आरसी रोशन थापा र अस्ट्रेलिया क्षेत्रिय महिला संयोजक जानकी पौडेलमध्य दुई आउने भएका छन् ।
यसै गरी टिम कुलबाट आइसिसि युवासंयोजकमा मध्यपूर्व डिआरसि मनोज गोर्खाली र महिला संयोजकमा बिमला सापकोटाले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । कुल आचार्यले आफ्नो समावेशी समूहमा एनआरएनएका दिग्गज व्यक्तित्वहरुसँगै युवाहरुलाई समेत समेटने प्रयास गरेका छन् । यसैगरि बद्री केसीको समुहबाट उपाध्यक्षमा धर्मराज अधिकारी, शिब बरुवाल, हेमराज शर्मा र डिबी क्षेत्रि रहेका छन् भने महिला उपाध्यक्षमा यस्मीन बेगम रहेकी छन् । केसी समुहबाट महासचिबमा गौरी जोशी सचिबमा रामशरण सिम्खडा रहेका छन् ।

जनसवाल राष्ट्रिय दैनिकको २०७८ भाद्र १४ गते सोमबारको इपेपर (१५ औं वार्षिकोत्सव विशेष)

जनसवाल राष्ट्रिय दैनिकको २०७८ भाद्र १४ गते सोमबारको इपेपर (१५ औं वार्षिकोत्सव विशेष)

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट