zestkhabar

बिहिबार, भाद्र २ २०७९

  • बिहिबार, भाद्र २ २०७९

एनआरएनए क्यानाडामा १४ एनसिसी सदस्य निर्वाचित (नामावलीसहित)

एनआरएनए क्यानाडामा १४ एनसिसी सदस्य निर्वाचित (नामावलीसहित)


  • जनसवाल
  • आइतबार, साउन १७ २०७८
15.1K
SHARES

अन्टारियो। गैर-आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाको राष्ट्रिय समन्वय परिषद (एनसिसी) सदस्यका लागि शनिबार सम्पन्न निर्वाचनबाट १४ सदस्य विजयी बनेका छन्।

कूल १९ जना एनसिसी सदस्य छानिने प्रावधान भएअनुसार पाँचजना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी १४ सदस्यका लागि निर्वाचन गरिएको हो।

क्यानाडाका विभिन्न सात क्षेत्रको आठ ठाउँमा शनिबार मतदान सम्पन्न भएको थियो। मतदान सकिएपछि सम्बन्धित केन्द्रहरुमा मतगणना गरिएको थियो।

निर्विरोध निर्वाचित हुनेमा सास्काच्वेनबाट विनोदकुमार सुवेदी, अटावाबाट अनुप सुवेदी, क्युबेकबाट प्रमेश गुप्ता, मनिटोवाबाट कृष्ण न्यौपाने र वेष्टर्न अन्टारियोबाट दीपक सापकोटा छन्।

अब यी १९ एनसिसी सदस्यहरु मध्येबाट एनआरएनए क्यानाडाको नयाँ कार्यसमिति चयन हुनेछ। अध्यक्षसहित अरु पदाधिकारी छनौट गरिने छ।


आगामी अगष्ट १४ मा सर्वसम्मत वा चुनाव गरी छानिने कार्यसमितिले दुई वर्षसम्म एनआरएनए क्यानाडाको नेतृत्व गर्नेछ।

प्रमुख निर्वाचन आयुक्त ज्ञानेन्द्र पोखरेलका अनुसार सम्पन्न मतगणना परिणामअनुसार विजयी हुने उम्मेदवारहरु र प्राप्त मत संख्या यसप्रकार छ-

मिसिसागा

खसेको मत- ३६५

सोम गुरुङ- २७२

वीरेन्द्र राउत- २५६

ब्रिटिश कोलम्बिया

खसेको मत ९१

राजु भट्टराई- ५०

क्यालगेरी

खसेको मत २५२

बाबुराम बानियाँ- २४२

सम्राट थापा- २२७

एडमन्टन

खसेको मत- ५११

लक्ष्मण अधिकारी- ३१२

पितानाथ पौडेल- २४४

ब्राम्प्टन–क्यालेडन

खसेको मत- ९६५

दिपकदत्त गौतम- ५३७

पिताम्बर भट्टराई- ४५२

संगीता जिसी- ४५२

टोरन्टो

खसेको मत- ३९०

शैलेन्द्र चापागाईं- १९१

गोपालप्रसाद भण्डारी- १८४

स्कारबोरो

खसेको मत- ७१७

यामबहादुर खत्री- ३३१

राजेन्द्र पोखरेल- २४९

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट