कोभिड–१९ सम्बन्धमा साउदीमा रहेका नेपालीका लागि साउदी दूतावासद्धारा यस्तो अनुरोध (विज्ञप्तिसहित)

काठमाडौं, १० जेठ । रुघाखोकी, ज्वरो वा स्वास्थ्य सम्बन्धी थप चिकित्सा परामर्श सेवा लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।
—————————-
कोरोना भाइरस (कोभिड–१९ )को संक्रमण विस्तारसँगै यहाँ रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले आफ्नो स्वास्थ्यको बारेमा चासो राख्दै उल्लेखनीय संख्या टेलिफोन गर्ने गर्नुभएको छ । यसरी टेलिफोन गर्ने नेपालीहरुको स्वास्थ्य चासोलाई सम्बोधन गर्न साउदी अरबमा रहनुभएका नेपाली चिकित्सक डा. अनिरुद्र पाठकज्यूले इच्छा देखाई सहयोग पुर्याउँदै आउनु भएकोमा उहाँ प्रति नेपाली राजदूतावास आभारी छ । नेपालीहरुको स्वास्थ्य चासोलाई सम्बोधन गर्न हायल विश्वविद्यालयमा प्राध्यापनरत डा. मुख्तर अन्सारी (फार्मेसी) र श्री कृष्ण भुषाल (सीएमए) ज्यूले पनि इच्छा देखाउनु भएको हुँदा उहाँहरुलाई निम्न अनुसार सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या सम्बन्धी परामर्श लिनुहुन अनुरोध छ ।

सम्पर्कः
१. डा. अनिरूद्र पाठक, जनरल फिजिसियन
ढाका मेडिकल सेन्टर, बथा, रियाद ।
टेलिफोन नम्वरः ०५४६३५६०२३
(यो नम्वरमा imo र WhatsApp पनि छ । तसर्थ, आफ्नो समस्या लेखेर पठाउन पनि सकिने छ )
सम्पर्क समयः बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म

२. डा. मुख्तर अन्सारी, फार्मेसी
हायल विश्वविद्यालय, हायल ।
टेलिफोन नम्वरः ०५५४८३६०३७
(यो नम्वरमा imo र WhatsApp पनि छ । तसर्थ, आफ्नो समस्या लेखेर पठाउन पनि सकिने छ )
सम्पर्क समयः दिनको २ बजेदेखि राती ११ बजेसम्म

३. श्री कृष्ण भुषाल, सीएमए
Patient Experience Executive
अबीर मेडिकल सेन्टर, बथा शाखा, रियाद ।
टेलिफोन नम्वरः ०५९८२५६७१८
(यो नम्वरमा imo र WhatsApp पनि छ । तसर्थ, आफ्नो समस्या लेखेर पठाउन पनि सकिने छ )
सम्पर्क समयः बिहान ७ बजेदेखि रातको १२ बजेसम्म ।

माथि उल्लेख उहाँहरुको सेवा पूर्णतः स्वयंसेवाको भावनाबाट भएकाले उहाँहरुको समयलाई ख्याल गरिदिनुहुन सबैमा अनुरोध छ ।

नेपाली राजदूतावास
रियाद ।
२०७७।०२।१०