प्रवासी नेपाली मञ्च कतारद्धारा सरकारको ध्यानाकर्षण, भन्यो–स्वास्थ्य सेवाबाट कोही नेपाली निराश नबनुन

कतार । प्रवासी नेपाली मञ्च कतारले कारोना संक्रमणको उपचार सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष चानक पोखरेलले सरकारको ध्यानाकर्षण गराउँदै प्रबासमा रहेका नेपालीहरु मध्ये खाडीमा अधिकतम संख्यामा नेपालीहरु खाडिमा कार्यरत रहेको र देशको लगभग आधा जस्तो रेमिटयान्स समेट्ने नेपाली खाडिमै कार्यरत भएको उल्लेख गर्दै भोलिका दिनमा महामारी फैलिएर बिकराल रुप लिएमा सबै नेपाली देश फर्किन बाध्य हुने बताएका छन ।

‘यो अवस्थाको के नेपाल सरकारले तयारी गरेको छ तरु तर हामी अहिले जहाँ छौ त्यहा सुरक्षित रहेका छौ तर हाम्रो परिवार, आफन्त, समाज र देशका नागरिकले पाउनु पर्ने स्वास्थ्य सेवाबाट कोहि पनि निरास नबनुन । हामी नेपाल सरकारको यस बिषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौ,’ पोखरेलले भनेका छन् ।


ध्यानाकर्षण
आज प्रबासमा रहेका नेपालीहरु मध्ये खाडिमा अधिकतम संख्यामा नेपालीहरु खाडिमा कार्यरत छन । देशको लगभग आधा जस्तो रेमिटयान्स समेट्ने नेपाली खाडिमै कार्यरत छन । यदि भोलिका दिनमा महामारी फैलिएर बिकराल रुप लिएमा सबै नेपाली देश फर्किन बाध्य हुनेछन ।

यो अवस्थाको के नेपाल सरकारले तयारी गरेको छ त? तर हामी अहिले जहाँ छौ त्यहा सुरक्षित रहेका छौ तर हाम्रो परिवार, आफन्त, समाज र देशका नागरिकले पाउनु पर्ने स्वास्थ्य सेवाबाट कोहि पनि निरास नबनुन । हामी नेपाल सरकारको यस बिषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौ ।

चानक पोखरेल अध्यक्ष
प्रवासी नेपाली मञ्च
कतार