अस्ट्रेलियामा एनआरएनए उपाध्यक्ष मन केसीको पार्टी,आइसिसिको आगामी अधिबेसनका लागि अध्यक्षको रुपमा केसीलाई उभ्याए शेष घलेले

सिड्नी – गैर आवासीय नेपाली संघ(एनआरएनए)का पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले एनआरएनएमा धेरै सुधारहरु आबस्यकता रहेको र त्यो पुरा हुनेमा आफू आशावादी रहेको बताएका छन । एनआरएनए आइसिसी उपाध्यक्षमा निर्वाचीत मन केसीले सिड्नीमा आयोजना गर्नुभएको धन्यवाद ज्ञापन कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख संरक्षक घलेले एनआरएनमा धेरै सुधारको खाँचो रहेको भन्दै वर्तमान कार्यसमितिबाट सुधार हुनेमा आसावादी रहेको विचार ब्यक्त गरे । संस्थालाई अगाडि बढाउन एनआरएनएले यसअघि पारित गरिसकेको भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डलाई कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको भन्दै घलेले निर्वाचनमा अधिकांश उम्मेदवारहरुको एजेन्डा भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड नै भएकोमा खुसी समेत लागेको बताए । निर्वाचनमा अधिकांश उम्मेदवारहरुको चाहना भिजन ट्वान्टी ट्वान्टी भएकाले नयाँ कार्यसमितिले सो एजेन्डालाई कार्यान्वयनमा लग्नेमा आफू आशावादी रहेको घलेले बताए । घलेले एनआरएनएलाई जिम्मेवार, पारदर्शी बनाउनुपर्ने खाँचो रहेको भन्दै संस्थामा यो भो त्यो भो भनेर गाली गरेर बस्ने समय नभएकोले सबैले आ आफ्नो जिम्मेवारी पुरा गर्दै काम गर्नुपर्ने बताए ।’अब गाली गर्ने भन्दा राम्रो काम गरेर निरन्तरता दिनुपर्ने अवस्था आएको छ’, घलेले भने , ‘संस्थालाई यो अवस्थासम्म ल्याइपुर्याउन ठूलो स्रोत र साधन खर्च भइसकेको छ । अब गाली गर्ने मात्र नभई एनआरएनएको भविष्य बनाउन तर्फ लाग्न सबैमा अनुरोध गर्न चाहन्छु ।’ जती गाली गरे पनि जे गरे पनि हामीले रिपेयर गर्नुपर्ने खाँचो रहेको भन्दै घलेले नेपाली समुदाय र नेपाल सरकारलाई केहि न केहि गरेर नतिजा देखाउनुपर्ने बताए ।त्यस्तै, घलेले एनआरएनए अस्ट्रेलियाले लागू गरेको सिस्टम र गरेका उदाहरणीय काम आइसिसीले सिक्न जरुरी रहेको भन्दै अस्ट्रेलियाका योजना निकै राम्रा भएको र एनसिसीले गरेका राम्रा कामको सबैले अनुशरण गर्नुपर्ने धारणा समेत राख्दै अस्ट्रेलियाबाट आईसिसि उपाध्यक्षमा बिजयी भएकोमा मन केसी,आईसिसि महिला संयोजकमा बिजयी हुनुभएकोमा भुमा साम्बा र अस्ट्रेलिया संयोजकमा बिजयी हुनुभएकोमा होम पाण्डेलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरे घलेले अस्ट्रेलियाबाट उपाध्यक्षमा धर्मराज अधिकारीलाई जिताउन नसकेकोमा दुख व्यक्त गरे । घलेले उक्त कार्यक्रममा हालका उपाध्यक्ष मन केसी एनआरएनए आइसिसिको अहिले दोस्रो पदमा रहेको र आगामी अधिबेसनमा पहिलो पदमा आउने भन्दै आगामी कार्यकालको अध्यक्षको रुपमा केसीलाई उभ्याए ।

उक्त कार्यक्रममा एनआरएनए अभियन्ता दिपक खडकाले हाई फाई नगरि पैसा खर्च नगरि सहजै चुनाव जित्न सफल हुनुभएकोमा उपाध्यक्ष मन केसीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिर्दै एनआरएनए प्रवासको लागि सबैले मन पराएको संस्था भएकाले सामान्य ब्यक्ती पनि नेतृत्वमा पुग्न सक्ने र पहुँच राख्न सक्ने वातावरण बनाउन सक्नुपर्ने बताए । कार्यक्रममा एनआरएनए आइसिसी सल्लाहकार जमुना गुरुङ , आइसिसी महिला संयोजक भोमा लिम्बु, आरसी होमनाथ पाण्डेलगायत नवनिर्वाचीत आईसिसि पदाधिकारी र उल्लेख्य एनआरएनको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक आइसिसी उपाध्यक्ष मन केसीले सबैमा धन्यबाद ज्ञापन गर्दै एनआरएनलाई सुर्धाने कार्यमा आफूहरु लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे । केसीले सबैको साथ र सहयोगले आफु यो ठाउमा पुगेको र भाबि दिनमा पनि सबैको साथ सहयोगको अपेक्क्षा गरेको बताए । उनले एनआरएनए एक अभियान भएकोले सबै गैरआबासिय नेपालीलाई हातमा हात मिलाएर अगाडी बढन आग्रह गरे ।

videos/1285738758265258/?t=2