गीतकार डिपी दाहाल “परिश्रमी” को रचनामा अत्यन्तै मर्मस्पर्षी “संसार जीतेर गएनी” देशप्रेम गीतको लिरिकल भ्वाइस सार्बजनिक

काठमाडौ । गीतकार डिपी दाहाल “परिश्रमी” को रचनामा एक अत्यन्तै मर्मस्पर्षी “संसार जीतेर गएनी” देशप्रेम गीतको लिरिकल भ्वाइस सार्बजनिक भएको छ ।
नेपाली साहित्य र गीत संगीतमा सानै उमेरदेखि असाध्यै दिलो ज्यान दिने “परिश्रमी” को यो सार्है भावुक, उपदेशात्मक र राष्ट्रिय भावनाले ओतप्रोत उत्कृष्ट गीत रहेको छ ।
डिलाइटेड म्यूजिकको प्रस्ततीमा ल्याइएको “संसार जीतेर गएनी” गीतमा अहिलेका जल्दोवल्दो चर्चित युवा गायक निशान भट्टराईको आवाज रहेको छ भने संगीत भरेका छन् वरिष्ठ संगीतकार लक्ष्मण शेषले ।

शब्दले खारिइएका गीतकार “परिश्रमी” द्वारा रचियका गीतहरु सदावहार रुचाइने खालका छन् भने उनको हरेक रचनाहरुमा आफ्नै मौलिकपन झल्किने रचनाहरु पाउने गर्छौ ।
नेपाली आधेनिक संगीतमा उत्कृष्ठ मेलोडियस गीतहरुको रचना गरेर अमूल्य योगदान दिइसकेका “परिश्रमी”को केही समय पछि अर्को मनछुने गीत सबैमाझ ल्याउने तरखरमा रहेको पनि वताउँछन् गीतकार डिपी दाहाल “परिश्रमी” ।