महरालाई आरोप लगाउने महिलाको पतिसंग डिभोर्स

काठमाडौं, १६ असोज । निर्वतमान सभामुख कृष्णबहादुरलाई यौन दूव्र्यवहार गरेको आरोप लगाउने महिलाले डिभोर्स गरेकी छन् । संसद सचिवालयमा कार्यरत महिला रोशनी शाही र उनका श्रीमान चित्रजंग शाहीबीच डिभोर्स भएको हो ।

महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनमा दिएका थिए । आरोप लगाउने शाहीले महराले आफुलाई दूव्र्यवहार नगरेको भन्दै उनिविरुद्ध उजुरी दिन अस्विकार गरेकी थिईन् ।
शाहीका श्रीमानले सामाजिक संजाल फेसबुकमा कानुनी रुपमै श्रीमान श्रीमतको सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।