मोना अन्तराष्ट्रियको अध्यक्षमा ओमनारायण जुग्जाली, बरिष्ठ उपाध्यक्षमा मिम पुर्जा र महासचिबमा कार्की निर्वाचित

म्याग्दि(जस)–म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको तेस्रो महाधिवेशनबाट अध्यक्षमा ओमनारायण जुग्जाली निर्वाचित भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ पर्यटकीयस्थल घोरेपानीमा आयोजित महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा मिम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल, सुर्ज भट्टचन, राम खड्का रहेका छन् ।अधिवेशनबाट महिला उपाध्यक्षमा आशा पाईजा, महासचिव विक्रम कार्की, सचिव रमेश पौडेल, हरि राम्जाली, कोषाध्यक्ष मुक्ति रोका, सहकोषाध्यक्ष महेन्द्र खड्का, महिला संयोजक नन्दकली थापमगर, सहसंयोजक विष्णु बानियाँ, एशिया प्यासिफिक संयोजक महेन्द्र बानियाँ, यूरोप संयोजक निरोज कार्की, सहसंयोजक नैना तिलिजा रहेको निर्वाचन समितिका सदस्य चन्द्रकुमार केसीले बताए । उनका अनुसार नयाँ कार्यसमितिले प्रबक्ता सहित अमेरिका, अफ्रिका, मध्यपूर्व संयोजक सहित राष्ट्रिय कार्यसमितिबाट सदस्यका लागि मनोनित गर्ने बताए ।

अध्यक्षमा योगकुमार फगामी र ओमनारायाण जुग्जालीको प्रतिपस्र्धा भएपनि सहमतिबाटै चयन गरिएको थियो । अध्यक्षमा निर्वाचित भएका जुग्जालीले विश्वभर रहेका म्याग्देलीलाई मोनामा आवद्ध गराउने गरी सञ्जाल विस्तारमा प्राथमिकता दिने बताएका छन् । उनले मोनामार्फत गरिएका विकास सहितका रचनात्मक कार्यहरुलाई समेत थप प्रभावकारी बनाउने बताए । घोरेपानीमा आयोजित तीनदिने महाधिवेशनको महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको थियो ।