नाम्जुङ्ग सेवा समाजद्वारा बर्तमान देशको अबस्था बोकेको बिशेष नाटक सहितको साँस्कृतिक कार्यक्रम आयोजना

काठमाडौँ, १६ असोज । नाम्जुङ्ग सेवा समाजको आयोजनामा गोरखा रंगकलाको प्रस्तुती एक बिशेष नाटक बिकास vs निकास प्रर्दशन हुने भएको छ । छोटो समयमा देश तथा बिदेशमा बिभिन्न महत्वपूर्ण सामाजिक कार्यहरू गर्दै आएको नाम्जुङ्ग सेवा समाजले सामाजिक अभायान अन्तरगत यस कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम आगामी अशोज २७ गते जमल नाचघरमा मध्यान्ह ३ बजेबाट शुरू हुनेछ ।बर्तमान देशको अबस्थालाई चित्रण गरि एक जिबन्त बोकेको उक्त नाटक चर्चित नाट्यकर्मी रामबाबु रेग्मीको निर्देशन र दिपक आचार्य,प्रेम अर्याल लगायत अन्य राष्ट्रिय कलाकारहरूको अभिनय रहेको छ । उक्त नाटक देशका राजनैत्तिक दलका प्रमुख नेतागण,बिश्वभरबाट एन आर एन ए बिश्वसम्मेलनमा भाग लिन आएका एन आर एन ए,निति निर्माण तहका उच्च पदाधीकारी लगायत बिभिन्न बिशेष तथा सर्बसाधरण ब्यक्तिहरूको अपस्थिति रहने सँस्थाको अध्यक्ष शिब बन्जाराले बताएका छन् ।

नाटक सँगै राष्ट्रिय स्तरका कलाकारहरूद्वार बिभिन्न हाँस्य तथा सँस्कृतिक मनोरञ्जनात्मक प्रस्तुती पनि रहने कार्यक्रम संयोजक प्रकाश ढकालले जानकारी दिएका छन्। उक्त कार्यक्रममा सँकलित सहयोग रकम गोरखाको दुर्गम गाँउमा निर्माण भैरहेको सुबिधा सम्पन्न यात्रु प्रतिक्षालय तथा सार्बजनिक शौचालयको लागि सहयोग गरिने पनि आयोजकले जनाएको छ ।