सडक सभ्यता हाम्रो चाहना सुरक्षित यात्राको सबैमा शुभ–कामना– एसपी चतुर्बेदी

आलोक यादव ,सिराहा असोज १३ –समुदाय प्रहरी साझेदारी अन्तर्गत “सडक सभ्यता हाम्रो चाहना सुरक्षित यात्राको सबैमा शुभकामना” भन्ने मुल नाराका साथ सिराहाको लहानमा कार्यक्रम सञ्चालन गरीएको थियो । उक्त कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी , विशेष अतिथि जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चदुर्वेदीले सडकमा आईपरेका समस्या, दुर्घटना बारे बच्ने उपाय सुरक्षीत यात्रा गराउदा सवारी चालकले ध्यान दिनु पर्ने कुराहरु, सवारी चालकरसह(चालकको दायित्व र जिम्मेवारी, गन्तव्य सम्म यात्रुहरु पुर्याउन चालकको भुमिका लगायत विषयहरुमा बोल्नु भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले आयोजना गरेको उक्त कार्यक्रममा जन प्रतिनिधिहरु, नागरीक समाजका पदाधिकारी, पत्रकारहरु, सवारी चालक,सह–चालकहरु गरी करीब १५० जनाको सहभागीता रहेको उक्त कार्यक्रम सप्पन्न भएको थियो ।