भिल्लारियलको फराकिलो जित, अंक तालिकामा बार्सिलोनाभन्दा अगाडी

काठमाडौं(एजेन्सी)–स्पेनिस ला लिगामा भिल्ला रियलले रियल बेटिसमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भिल्ला रियल ५(१ गोल अन्तरले विजयी भएको छ । भिल्लाको जितमा कार्ल टोको एकाम्बीले दुई गोल गरे भने सान्ती काजोर्ला, जेरार्ड मोरेनो र साम्युयल चुकयुएजेले एक एक गोल गरेका थिए ।
त्यस्तै रियल बेटिसका लागि एक गोल एमरसनले गरेका थिए । जितपछि भिल्लारियल अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । ७ खेलमा ३ जित २ बराबरी र २ हारसहित भिल्लाले ११ अंक बटुलेको हो । अहिले अंक तालिकामा रियल म्याड्रिड १४ अंकसहित शिर्ष स्थानमा छ भने बार्सिलोना र सेभियाजस्ता ठुला क्लब १०–१० अंक सहित सातौ र आठौ स्थानमा पुगेका छन् । त्यस्तै रियल बेटिस भने ७ खेलमा ८ अंक बटुलेको छ र अंक तालिकामा नवौ स्थानमा रहेको छ ।