वरिष्ठ गायक जगतमर्दनलाई लाइफटाइम अवार्ड

शिशिर र निशा उत्कृष्ट घोषित
काठमाडौं (जस)–बरिष्ठ गायक जगतमर्दन थापा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । दोस्रो ‘सगरमाथा राष्ट्रिय संगीत अवार्ड–२०७६’ मा उनलाई सो सम्मान प्रदान गरिएको हो । ६ दशकदेखि उनको गायन क्षेत्रमा रहेको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजक जनाएको छ । बिहीबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा आधुनिक, पप, लोक, चलचित्र र राष्ट्रिय भावनाका गीत समेटेर विभिन्न ६५ विधामा समेत अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा आधुनिक विधातर्फ उत्कृष्ट गायक गायिकाको अवार्ड शिशिर योगी र निशा देशारले पाए । शिशिर योगीले गीत ‘तेरो नाम’ बाट र देशारले ‘रुझेको परेली’बाट अवार्ड हात पारेका हुन् । त्यस्तै लोकदोहोरीतर्फ नेत्र भण्डारी र रमिला न्यौपाने उत्कृष्ट गायक गायिका चुनिए । कार्यक्रममा दशकभन्दा लामो समय पत्रकारितामा योगदान दिएको भन्दै शान्ति प्रियलाई रजत पत्रकारितासम्म, पत्रकार तुलसी गिरी भावुक, राज श्रेष्ठ, विजय आवाज, कुबेर डंगोललाई पत्रकारिता सम्मान र मनिष दाहाललाई पत्रकारिता पुरस्कार प्रदान गरियो । संगीत क्षेत्रको विकास विस्तार र कलाकारको योगदानको सम्मानका लागि यो अवार्ड आयोजना गरिँदै आएको आयोजक संस्थाका अध्यक्ष मनोज थापाले कार्यक्रममा बताए ।
क–कस्ले पाए अवार्ड ?
आधुनिक तर्फ
उत्कृष्ट गायक ः शिशिर योगी
उत्कृष्ट गायिका ः निशा देशार
जुरी अवार्ड गायक ः चिरञ्जीवी भण्डारी
जुरी अवार्ड गायक ः रीता केस
पब्लिक च्वाइस अवार्ड ः छुनु गुरुङ
उत्कृष्ट गीतकार पुरुष ः डा. डीआर उपाध्याय
उत्कृष्ट महिला गीतकार ः तारा अधिकारीले
डायस्पोरा उत्कृष्ट गीतकार ः बेल्जियमकी अशोदा थापा
र महिला गीतकार पब्लिक च्वाइस अवार्ड ः प्रतिमा गुरुङ
उत्कृष्ट संगीतकार ः सन्तोष श्रेष्ठ
संगीतकारको जुरी अवार्ड ः सरोज प्याकुरेल
युगल गायन अवार्ड ः रवि थापा र अन्जु पन्त
नव गीतकार अवार्ड ः नारद आचार्यले
नव गायक ः उत्सव कान्त मैनाली
नव गायक इन्करेजमेन्ट ः सञ्जय उपमन्यु पाण्डे
नव गायिका ः विना भट्टराई,
आधुनिक गीत ऐरेन्जर ः देवेन्द्र नेवा
आधुनिक पप गीत अवार्ड ः ‘जवानीको रसरंग’

पप गीत तर्फ
उत्कृष्ट पप गायक ः सचिन रौनियार
उत्कृष्ट पप गयिका ः सिर्जना खत्री
उत्कृष्ट गीतकार ः केशव वैरागी
पपसंगीतको अवार्ड ः राजकुमार बगर
पप नवगीतकार ः बिल पुर्जा मगर
पप नवगीतकार जुरी अवार्ड ः साधुराम गुरुङ
पप नवगायिका इन्करेजमेन्ट ः सरिता भारती
पप नवगायिकाको ः नम्रता तामाङ,
पप युगल गायन ः रवि ओड र प्रविशा अधिकारी

राष्ट्रिय भावको गीत
उत्कृष्ट राष्ट्रिय भावको गीत अवार्ड ः रमेश दाहाल
राष्ट्रिय भावको गीतको जुरी अवार्ड ः सुमन राई

चलचित्र तर्फ
उत्कृष्ट गीतकारको अवार्ड ः बी पाण्डे
उत्कृष्ट संगीतकार ः सुवास भुषाल
चलचित्र गायकको अवार्ड ः डेभिड शंकर
चलचित्र गायिका अवार्ड ः बिन्दु परियार

लोक लोकदोहोरी तर्फ
उत्कृष्ट भाका ः ‘सालको पात’बाट वसन्त थापा
लोकदोहोरी गायक ः नेत्र भण्डारी
लोकदोहोरी गायिका ः रमिला न्यौपाने
लोकदोहोरी शब्द ः शिव हमाल
शब्दतर्फ जुरी अवार्ड ः सामना शाह
पब्लिक च्वाइस ः सवित्रा चिलवाल
नव गायक अवार्ड ः रञ्जित परियार
नव गायक पब्लिक च्वाईस ः वसन्त विक
लोकदोहोरी नव गायिका ः अमृता लामिछाने
नव गायिका पब्लिक च्वाइस ः सुमन थापा मगर
नवगायिका जुरी अवार्ड ः रितु तामाङ