नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशन भोलिदेखि

काठमाडौं, २ असोज । नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशन भोलिबाट सुरु हुने भएको छ ।

पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भोलि असोज ३ गते दिउँसो एक बजे सल्लाघारीस्थित तीनकुनेको खुल्ला चौरमा पार्टीको सातौं महाधिवेशन उद्घाटन गर्ने पार्टीले जनाएको छ ।

महाधिवेशनको पहिलो दिन भोलि भक्तपुरको च्याह्मासिंह, बोडे र काठमाडौंको कोटेश्वरगरी तीन ठाउँबाट जुलुश निस्किएर सल्लाघारीस्थित तीनकुनेमा सहभागी हुने कार्यक्रम रहेको नेमकिपाको महाधिवेशन तयारी समितिले जनाएको छ ।

पार्टीको महाधिवेशन असोज ३ गतेदेखि ५ गते सम्म भक्तपुरमा हुनेछ । महाधिवेशनमा ४८ जिल्लाबाट प्रतिनिधिहरु सहभागी हुनेछन् ।