• मंगलबार, चैत्र ६ २०८०

नेचर हर्व्सको सहयोगमा मलेसियामा अलपत्र नेपाली बिरामीको उद्दार


  • जनसवाल
  • बिहिबार, असोज २ २०७६
17.9K
SHARES

काठमाडौं । नेचर हर्व्सको सहयोगमा मलेसियामा बिरामी अवस्थामा अलपत्र परेका भीमबहादुर थापाको उद्दार भएको छ । विगत चार वर्षदेखि मलेसियामा काम गर्दै आएका ताप्लेजुङ जिल्लाको फुरुम्बा–८ का थापालाई आवश्यक कागजात बनाएर नेचर हर्व्र्सले नेपाल पठाउन मद्दत गरेको हो । थापालाई नेपाल पठाउनका लागि नेचर हर्व्र्स मलेसियाका प्रमुख तथा एनआरएनए आइसीसी सदस्य विश्व राईको पहलमा यो सम्भव भएको हो ।


कामका लागि थापा चार वर्षअघि मलेसिया पुगेका थिए । राम्रो कम्पनी नपरेपछि उनी भागेर गैरकानुनी काम गर्दै आएका थिए । उनी बिरामी परे । उपचारका लागि उनको साथमा पासपोर्ट पनि थिएन, भिसा पनि थिएन । उनको साथमा रहेको सबै पैसा खर्च भइसकेको थियो ।

तर, उनलाई तत्काल नेपाल फर्कनुपर्ने थियो । थापाको आन्द्रामा घाउ भएकाले अपरेशन गर्नुपर्ने भएकाले पनि जतिसक्दो चाँडो नेपाल फर्कनुपर्ने थियो । आर्थिक अभाव व्यहोरिरहेका थापाले आवश्यक सहयोग गरिदिन नेचर हर्व्सको सामाजिक कोषमा निवेदन दिए । उनका लागि ट्राभल डकुमेन्टका साथै अन्य आवश्यक कागजात बनाउन तत्काल नेचर हर्व्सले सहयोग गरेपछि उनी नेपाल फर्कन पाए । उनी २१ सेप्टेम्बरमा नेपाल फर्कँदैछन् ।

नेचर हर्व्सको सोसियल फण्डमार्फत एक हजार रिङ्गेट सहयोग प्रदान गरिएको छ र हवाई टिकटको व्यवस्था प्रवासी नेपाली एकता मञ्चले मिलाएको छ ।

नेचर हर्व्सले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सुरक्षा कोषको स्थापना गरेको छ । सो कोषअन्तर्गत विदेशमा रहेर बिरामी भएका, दुःख पाएका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो । सो कोषमा नेचर हर्व्सका हरेक नयाँ ग्राहकबाट ‘एक आरएम’ कोषमा जम्मा हुने व्यवस्था मिलाएको छ । नेचर हर्व्सले आफ्नो उत्पादनलाई सिंगापुर, मलेसिया, हङकङ, कतार, युएई र भारतमा सेवा दिइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा