नेपाल–मलेसिया संयुक्त कार्यदलको दोश्रो दिनको बैठक हुँदै, मलेसिया रोजगारी खुल्नेमा दुबै पक्ष आशाबादी

मलेसिया (जस)– मलेसियासँगको संयुक्त कार्यदलको बैठक दोश्रो दिनको मलेसियामा शुरु भएको छ । मलेसियाको रोजगारी सुचारु गर्न बसेको दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिको पहिलो दिनको बैठक हिजो आज थप छलफल गर्ने निष्कर्षसहित सकिएको थियो । दुई देशबीच श्रम सम्झौता भएपछि दोस्रो पटक बसेको प्राविधिक समितिको संयुक्त बैठकमा दुवै देशका अधिकारीहरु सम्मिलित छन् । हिजोको बैठकमा बैठकमा दुवै पक्षले आआफ्नो धारणा सौहार्द रुपमा राखेको र आज निष्कर्ष आउने आशा रहेको नेपाली पक्षको नेतृत्व गर्दै वार्तामा सहभागी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए । हिजोको वार्तामा सहभागी एक मलेसियाली अधिकारीले बैठकमा नेपाली पक्षको प्रस्तुतिप्रति असन्तुष्टि जनाएका छन्। नेपाली पक्षको प्रस्तुतिमा वार्ताको निष्कर्ष निर्भर रहने बैठकपछि ति अधिकारीले बताए। संयुक्त बैठकमा स्वास्थ्य परीक्षण, सुरक्षा गार्ड र घरेलु कामदारको विषयमा छलफल भए पनि मुख्य एजेन्डा भने स्वास्थ्य परीक्षण गर्ने संस्था नै रहेको थियो।

मलेसिया रोजगारी छिट्टै खुल्नेमा विश्वस्त छु-मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेसँगको अन्तरवार्ता

मलेसियाका मानव संशाधन मन्त्री एमएस कुलासेगरनले नेपालीका लागि मलेसियाको ढोका सधैं खुला रहेको बताएका छन्। दुई देशबीच सम्पन्न श्रम सम्झौताले नै सबै विषय समेटेको उल्लेख गर्दै मन्त्री सेगरनले सम्झौता कार्यान्वयनमा मलेसिया सधैं प्रतिवद्ध रहेको जनाए। ‘हाम्रो तर्फबाट नेपाली कामदार लिन कुनै अवरोध छैन। स्वास्थ्य संस्थाको विषयमा हामीले यसघि पनि पत्र पठाएर प्रस्ट पारिसकेका छौं। अहिलेलाई नेपाल सरकारले छनोट गरेका १ सय २२ स्वास्थ्य संस्था मध्येकै ३६ वटा संस्थाले स्वास्थ्य परीक्षण गर्नेछन्। जुन संस्थाहरु बायोमेडिकल र एफडब्लुसिएमयस सफ्टवएर सँग जोडिएका छन्। नयाँ संस्थाहरुको हकमा यी सबै प्रक्रियाहरु पुरा गर्न केही समय लाग्ने भएकाले हाललाई ३६ वटा मार्फत स्वास्थ्य परीक्षण गराउँदै लैजाने। तर क्रमशः थप्दै लान हामी सकारात्मक छौं। यो कुरा मलेसियाली दूतावास मार्फत जानकारी गराइसकेका छौं।’
आजको बैठकले केही निकास दिनेमा भने मन्त्री सेगरन आशावादी छन्। कामदार आपूर्ति गर्दा लाग्ने स्वास्थ्य परीक्षण,भिसा प्रक्रिया लगायत सबै खर्च मलेसियाली रोजगारदाताले व्यहोर्ने श्रम सम्झौतामै उल्लेख भएकाले मलेसियाली संयन्त्रबारे उठेको प्रश्नको जवाफ आफूसँग भन्दा पनि नेपाली पक्ष सँगै रहेको मन्त्री सेगरनको भनाइ छ।

श्रम मन्त्रालयले मलेसियाले पठाएको मापदण्ड अनुसार छनोट भएका १ सय २२ संस्थाको नाम मलेसिया पठाइसकेपनि मलेसियाले तत्काल नयाँ मेडिकल सूचीकरण नगरी आवश्यकता अनुसार नयाँ मेडिकल थप गर्ने पत्र नेपाललाई पठाएको थियोे । श्रम मन्त्रालयले आवश्यकता अनुसार नयाँ मेडिकल थप गर्दै जाने मलेसियाको धारणालाई सकारात्मक रुपमा लिएका कारण संयुक्त कार्यदलको बैठक बसेको हो । मन्त्रालयले श्रम स्वीकृति रोक्नुअघि ३६ वटा स्वास्थ्य संस्थाले रोजगारीका लागि मलेसिया जाने कामदारको मेडिकल गर्दै आएका थिए । मन्त्रालयले ती संस्थाविरुद्ध कामदारबाट बढी पैसा लिएको आरोप लगाउँदै मुद्दा दायर गरेपनि मलेसियाले तीनै मेडिकलबाट नै कामदारको स्वास्थ्य परीक्षण गर्ने बताईसकेको छ । मलेसियाले सुरक्षा गार्डमा नेपालीलाई मात्र लिने गरेको छ । तर विवादका कारण द्विपक्षीय समझदारीको एक वर्ष पुग्न लाग्दा समेत नेपालले कार्यान्वयन गर्न नचाहेको भन्दै मलेसियाले अरु बिकल्पको बाटो खोजिरहेको बेला संयुक्त कार्यदलको बैठक बस्नुलाई ठूलो उपलब्धिका रुपमा हेरिएको छ । तर बैठकले पनि मलेसियाको रोजगारीमा सहमति नभए मलेसियाले अर्को बिकल्प खोज्ने बताईसकेको छ । अहिले नेपालसङ्गै मलेसियामा बङ्गगलादेशको प्रतिनिधिमन्डल पनि आएको छ । यदि नेपालि कामदार लिने बिषयमा अझैपनि सहमती नभए मलेसियाले बङ्गगलादेशसङ्ग कामदार लिने अन्तिम तयारी रहेको छ । त्यसैले आजको बार्तालाइ अत्यन्त महत्त्वका साथ हेरिएको छ ।