एसपी कंडेलको अर्को धमाका १६ लाख मूल्य बराबरको औषधी बरामद

आलोक यादव, सिराहा भदौ २४ –सशस्त्र प्रहरी उपरीक्षक प्रबिन कंडेलले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लाखौं बराबरको अबैध औषधी बरामद गरेको छ ।सिराहा नगरपालिका वडा नम्बर–१७ स्थित पर्टेवामा सशस्त्र प्रहरीको टोलीले भन्सार छलेर ल्याउँदै गरेको १६ लाख मुल्य बराबरको औषधी बरामद गरेको छ ।

आईसियू, इमरजेन्सी, शल्यक्रिया(अप्रेशन) लगायत उपचारमा प्रयोग हुने ३८ प्रकारका औषधी भन्सार छलेर ल्याउँदै गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश दाहाले जानकारी दिए ।औषधी बरामद भएपनि तस्करीमा संलग्नलाई भने सशस्त्र प्रहरीले पक्राउ गर्न सकेको छैन । बरामद औषधी जिल्ला भन्सार कार्यालय खैरटोकामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।