सिराहाबाट एक लाख ३६ हजार मूल्य बराबरको अबैध सामान बरामद

आलोक यादव
सिराहा, भदौं – प्रहरीले नियमित चेकजाँचको क्रममा सिराहाको औरहीबाट एक लाख ३६ हजार दुई सय रुपैयाँ मूल्यको भन्सार छलेर ल्याइएको सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको गस्ती प्रहरी टोलीले शुक्रबार मध्यरातमा औरही गाउँपालिका ४ मा पर्ने हुलाकी सडक खण्डमा चेकजाँचको क्रममा स.६ प २११७ नम्बरको मोटरसाइकल सहित नरहा गाउँपालिका १ बस्ने ३० वर्षीय श्रवण कुमार यादव र २४ वर्षीय देवरञ्जन यादवलाई युरिया मलसहित पक्राउ गरेको छ।

पक्राउ गरिएका दुवैलाई आवश्यक कारबाहीका लागि सिराहा भन्सार कार्यालय माडरमा बुझाइएको प्रहरीले जनाएको छ। त्यस्तै, प्रहरीले औरही गाउँपालिका ५ बाट भन्सार छलेर ल्याइएको ५६ हजार एक सय रुपैयाँ मूल्यको दुई बोरा कपडा बरामद गरिएको जनाएको छ।सिराहा नगरपालिका वडा नम्बर .७ बाट प्रहरीले भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको १७ हजार चार सय रुपैयाँ मूल्यको लत्ता कपडा नियन्त्रणमा लिई आवश्यक कार्बाहीका लागि सिरहा भन्सार कार्यालय माडरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा डिएसपी अपिल राज बोहराले जानकारी दिए ।