अबको दुई साताभित्रै मलेसियाको रोजगारी पुुनः खुल्ने, रोजगारी खुला गर्नुको विकल्प छैन : राजदूत पाण्डे


रामजी बगाले
मलेसिया


मलेसिया, क्वालालम्पुर ।
नेपाली कामदारको प्रमु र आकर्षक रोजगार गन्तब्यका रुपमा रहेको मलेसिया पुनः खुल्ने भएको छ । करीब १५ महिनादेखि बन्द रहेको मलेसिया रोजगार सुचारु गर्न नेपाल र मलेसिया सकारात्मक भएका छन् । दुई देशबीचको संयुक्त प्राविधिक कार्यदलको बैठकपछि आगामी दुई साताभित्र १५ महिनादेखि अवरुद्ध मलेसियाको रोजगारी खुल्ने मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले बताए । रोजगारी खुलाउन यही भदौ २४ र २५ गते क्वाललामपुरमा नेपाल करीबर मलेसियाको प्राविधिक कार्यदलको बैठक बस्दै छ । जनसवालसंग कुरा गर्दै राजदुत पाण्डेले भने ‘प्राविधिक कार्यदलको बैठकले मलेसियाको गाँठो फुकाउने छ । सबै कुरा मिलिसकेको छ । मेडिकललाई मिलाउन बैठक बस्न लागेको हो ।’ रोजगारी खुलाउन अब ढिला गर्नु नुहुने र खोल्नुको विकल्प नरहेको उनले स्पष्ट पारे ।


पहिलादेखि मलेशियाले स्वीकृत दिएका ३६ ओटा मेडिकल संस्थाले अनुमति पाउने र नेपाल सरकारले सुचिकृत गरेका १२२ ओटा स्वास्थ्य संस्था मध्ये बाँकीलाई विस्तारै थप्दै जाने विषयमा सहमति हुने उनले बताए । भीएलएन ओएससी र आईएसीमा कुनै विवाद नभएको र रोजगारदाता कम्पनीले पैसा तिर्ने भएकाले समस्या नभएको राजदुत पाण्डले स्पष्टपारे । स्वास्थ्य परीक्षण संस्थामा कुरा अडकिएकाले अबको संयुक्त बैठकले यसको गाँठो फुकाउन उनले जानकारी दिए । रोगारी खुलेपछि राजदुताबासमा चाप पर्ने उनको भनाई छ ।


भीएलएन, ओएससी, आईएससी र वायोमेट्रिक लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले कामदारहरुबाट बढी रकम लिएको भन्दै श्रम मन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ गते हचुवाको भर ती स्वास्थ्यलाई कार्वाहीको निर्णय गरेपछि १५ महिनादेखि नेपालबाट मलेशियामा कामदार पठाउने काम अवरुद्ध भएको हो । सरकारले कार्वाही गरेर मुद्धा चलाए पनि अदालतबाट भीएलएनले अदालतबाट सफाइ पाइसकेको छ ।


नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सहसचिव दुई जना, परराष्ट्र र कानून मन्त्रालयका सहसचिव एक÷एक जना, श्रम मन्त्रालयका उपसचिव एक जना र मलेसियास्थित नेपाली दूतावासबाट दुई जना प्रतिनिधि सहभागी हुने राजदुत पाण्डेले बताए । हाल मलेसियामा ४ लाखको हारहारीमा नेपाली कामदार रहेका छन । मलेशियाले सुरक्षा गार्डमा नेपालीलाई मात्र लिने गरेको छ । अहिले कामदार अभाव भएर मलेशियाले छिटोभन्दा छिटो रोजगारी खुलाउन दवाव दिइरहेको छ । औपचारिक रुपमा बन्द भएपछि हाल दैनिक ६०० कामदार विभिन्न च्यानलको प्रयोग गरेर मलेसियामा आइरहेको उनले बताए । ‘कामदार आपूर्ति रोकिएको छैन’ उनले भने ‘कुन माध्यमबाट आइरहेको भन्ने म खुलाउँदिन ।
प्लान्टेसनमा ३८ हजार कामदार माग
मलेशियाले रुखको प्लान्टेसन र प्लाइउडका लागि ३८ हजार कामदारको माग आएको छ । पाम आयलको विरुवा रोप्ने हुर्काउने, जंगल फडानी र फल टिप्नका लागि कामदारको माग भएको राजदुत पाण्डेले बताए । उनले मलेसियाको सारवाकबाट कामदार माग आएको जानकारी दिए । यस्तै प्लाइउड कारखानाका लागि पनि कामको माग भएको छ ।

नेपाल–मलेसिया प्राविधिक कमिटीको बैठक भदौ २४ र २५ गते बस्ने
मलेसिया रोजगारीलाई मूर्त रुप दिन यही भदौ २४ र २५ गते नेपाल र मलेसियाको प्राविधिक कमिटीको बैठक बस्ने भएको छ । दुवै मुलुकबीच श्रम समझदारी सम्पन्न भएपछि बाँकी रहेको प्राविधिक विषय टुङ्ग्याउने बारेमा बैठकमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ । मलेसियामा हुने सो बैठकमा समझदारी कार्यान्वयन प्रक्रियामा हालसम्म भएका प्रगतिका बारेमा समेत बैठकमा छलफल हुनेछ । बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्यौल अन्त्य गर्ने र ‘मोडालिटी’ तय गर्ने बताइएको छ । बैठकले समझदारी कार्यान्वयनमा आएको समस्याको समाधान खोज्नेछ । बैठकमा नेपालको तर्फबाट सात सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ ।


नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सहसचिव (दुई), परराष्ट्र र कानून मन्त्रालयका सहसचिव एक÷एक जना, श्रम मन्त्रालयका उपसचिव एक जना र मलेसियास्थित नेपाली दूतावासबाट दुई जना प्रतिनिधि सहभागी हुने मन्त्रालयले जनाएको छ ।
दुई मुलुकबीच भएको श्रम समझदारी लामो समय भइसक्दा पनि केही प्राविधिक विषय टुङ्गो नलाग्दा मलेसिया रोजगार नियमित हुन सकेको छैन । पहिलो प्राविधिक कमिटीको बैठक श्रम समझारीलगत्तै काठमाडौँमा बसेको थियो । गत असारमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन जेनेभा पुगेका नेपाल र मलेसियाका उच्च अधिकारीबीच छिट्टै प्राविधिक कमिटीको बैठक बस्ने सहमति भएको थियो । नेपाल र मलेसियाबीच गत कात्तिक ११ गते श्रम समझदारी भएको थियो । श्रम समझदारी भएको लामो समय भए पनि मलेसिया नियमित हुन सकेको थिएन । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १२२ वटा स्वास्थ्य संस्था सूचीकृत भइसकेका छन् । सरकारले मलेसिया जाने कामदारमाथि चर्को आर्थिक शोषण भएको भन्दै २०७५ जेठमा नेपाली कामदार मलेसिया पठाउन रोक लगाएको थियो । त्यसयता हजारौं नेपाली युवा मलेसिया रोजगारीमा जानबाट बञ्चित भएका छन् भने मलेसियाको रोजगारीमा आधारित भएर काम गरिरहेका सयौं मेनपावर व्यवसायी व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका छन् । मलेसिया रोजगारी खुलाउन नेपाल वैदेखिक रोजगार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक वैदेशिक राृजगार फोरम तथा अन्य व्यवसायीका संघ संस्थाले निरनत्र दबाबमूलक कार्यक्रम सत्तचालन गर्दै आएका छन् । मलेसिया रोजगारीबारे संसदमा ध्यानाकर्षण प्रस्तावसमेत दर्ता भई छलफल भइसकेको छ ।