गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने लक्ष्य छ

महेश श्रेष्ठ
आईसीसी सदस्य एनआरएनए (कोषाध्यक्षको प्रतिस्प्रर्धि)

एनआरएनएलाई कसरी बुझ्ने र यो अभियान कसरी अगाडि बढ्दै छ ?
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोजी देखि वर्तमान अध्यक्ष भवन भट्टजीसम्मले एनआरएनएको अभियानमा महत्वपूर्ण भूमिका खेल्नु भएको देखिन्छ । संस्थापक अध्यक्ष उपेन्द्र महतोजीले संगठन विस्तार गरि एनआरएनएको अन्तराष्ट्रिय संजाल विस्तार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । त्यसैगरी देवमान हिराचनजीले एनआरएनएमा हामी भन्ने सामुहिकताको भवनाको विकास गर्नुभएको थियो भने जीवा लामिछानेजीले एनआरएनएलाई वैधानिक रुपमा नेपालमा दर्ता गर्ने काम र सामुहिक लगानीको लागि योगदान गर्नु भएको थियो । यस्तै पुर्ब अध्यक्ष शेष घलेजीले ‘भिजन २०२० एण्ड बियोण्ड’ को अबधारणा ल्याई एनआरएनएको संस्थागत संरचनामा महत्वपूर्ण योगदान दिनुभयो भने अध्यक्ष भवन भट्टजीले ‘सवै हात एकै साथ’को नारालाई अगाडि सार्दै एनआरएन केन्द्रीय कार्यालय भवन, लाप्राक बस्ती, शंखमूल पार्क जस्ता महत्वपूर्ण आयोजना सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । यसप्रकार एनआरएनए अभियान सन् २००३ देखि हालसम्ममा विभिन्न आरोह–अबरोह पार गर्दै क्रमिक रुपमा संगठनिक बिकास गर्दै अगाडि बढेको छ ।

यहाँले एनआरएनएको कोषाध्यक्षमा नै उम्मेदवारी घोषणा गर्नुभएको छ, यहाँको उम्मेदवारी किन ?
म एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने लागेर नै उम्मेदवारी घोाषणा गरेको हुँ । कोषाध्यक्षले संस्थाको आर्थिक पाटो हेर्नु पर्ने हुन्छ र संस्थामा आम्दानीको श्रोतहरु जुटाउने, अनावश्यक खर्च कटौती गरी मितब्ययिता अपनाउने, आम्दानी र खर्चको सन्तुलन मिलाउने जस्ता नित्तान्त आर्थिक कारोबार गर्नु पर्ने हुन्छ । म आफू बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले मा यस पदको लागि आफ्नो उमेदवारी दाबी गरेको हो ।

कोषाध्यक्षको उम्मेदवारीका लागि के–कस्ता एजजेण्डाहरु तय गर्नुभएको छ ?
म कोषाध्यक्ष भए भने सर्बप्रथम मैले गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्नेछु । उक्त कोषमा वार्षिक ८० करोड रुपैया संकलन गर्ने मेरो योजना रहेको छ उक्त कोषमा पैसा संकलन र कोष संचालनको प्रक्रियाका संबन्धमा संवन्धित पक्षहरुसंग सकारात्मक कुराकानी भैरहेको छ । बार्षिक ८० करोड संकलन गर्ने प्रक्रिया यस प्रकार छ – संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्समार्फत नेपाल भित्रिन्छ र नेपाल राष्ट्र बैकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैकलाई दिने गर्दछ र उक्त ३० पैसा मध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा बार्षिक ८० करोड रुपैया जम्मा गर्न सकिन्छ रउक्त कोषको संचालनका लागि निमावली तथा कार्यविधि बनाउने सम्बन्धमा सम्बन्धित पक्षहरुसंग गहन छलफल भैरहेकोछ ।

एनआरएनएमा तपाइको योगदान के छ ?
स्थापना कालदेखि नै एनआरएनए जापानमा सक्रिय भूमिका खेल्दै आइरहेको छु र सन् २००७ देखि लगातार एनआरएनएको केन्द्रिय विधान समितिमा बसेर कम गरिरहेको छु र त्यसैगरी एनआरएनएको लगानीसम्बन्धी समितिमा रही २००९ सालदेखि सक्रिय योगदान दिइरहेको छु । एनआरएनएको सामुहिक लगानीको अबधारणा अनुसार निर्माण गरिएको एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको निर्देशक भएर काम गरिरहेको छु ।

बिदेशमा बस्ने नेपालीको हितमा अन्य के काम गर्नु भयो ?
नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको छ । उक्त धारा बिदेशमा स्थायी बसोबास भिसा लिएर बसेकाप्रति विभेदपूर्ण छ । उक्त धाराले बिदेशमा स्थायी भिसा लिएर बस्नुहुने नेपाली नागरिकहरुको नैसर्गिक अधिकार खोसेको छ । मैले संविधानको उक्त धाराको विरुद्धमा सर्बोच्च अदालतमा रिट हालेको छु र म गैर आवासीय नेपालीहरुको हक हित र अधिकारको लागि निरन्तर लडिरहेको छु ।

एनआरएनमा ड्रिम प्रोजेक्टहरुको निकै चर्चा हुने गर्छ । वास्तवमा एनआरएनले कस्ता ड्रिम प्रोजेक्टहरु ल्याउनु पर्छ जस्तो लाग्छ ?
एनआरएनएले नेपालमा परिवर्तनको आभास दिलाउने खालको यूनिक खालको नमुना प्रोजेक्टहरु मात्र गर्नु पर्दछ । जे पायो त्यही गुणस्तरहीन कार्य गर्न हुदैन । हामीले गर्ने कार्य समाजमा उदाहरणीय हुनु पर्दछ । ताकि त्यसैको सिको अरुले गर्न खोजुन् । हामीले विदेशमा सिकेका, देखेका राम्रा कामको थालनी नमुनाका रुपमा गर्नुपर्छ ।
विदेशका विभिन्न संघ संस्था र एनआरएनएबीच कस्तो अन्तर छ ?
विदेशमा विभिन्न जातीय, क्षेत्रिय, राजनैतिक एवं वर्गीय संस्थाहरु छन् । एनआरएनए सवै संसंथाहरुको साझा संस्था हुनु पर्दछ भन्ने हामी सवैको मान्यता रहिआएको छ । सवै संस्थाहरुको साझा संस्था हुनका लागि सवै संस्थाहरुलाई समन्वय गर्नुपर्ने हुन्छ । हाल एनआरएनएमा सवैलाई समन्वय गरेर लैजान सक्ने संस्थागत संरचना वनिनसकेकोले यसमा सुधार गर्नुपर्ने देखिन्छ ।

एनआरएनए एसिया प्यासिफिक क्षेत्रको भेला केही समय पहिला सम्पन्न भयो उक्त भेलाले यस क्षेत्रमा रहेका नेपालीहरुलाई कस्तो सम्बोधन गर्यो त यहाँ पनि उक्त क्षेत्रकै भएको नाताले बताइदिनोस न ?
एनआरएनएले विभिन्न क्षेत्रमा क्षेत्रीय सम्मेलन तथा क्षेत्रीय वैठकहरु गर्दै आएको छ । संचालन, तडकभडक र परिणामका दृष्टिकोणले क्षेत्रिय भेला र क्षेत्रीय वैठकमा तात्विक भिन्नता देखिदैन । हरेक सम्मेलन वा वैठक कर्मकाण्डी मात्र देखिन्छ । यस्ता सम्मेलनहरु निश्चित उद्देश्य र लक्ष्यका साथ गरिनु पर्दछ र सम्मेलन परिणाममुखी हुनुपर्दछ ।

एनआरएनको ‘लगानीसँगै सीप र प्रविधि पनि भित्र्याउने’ भन्ने अभियान नारामै मात्र सिमित भएको हो ?
हामीले १० अर्वको ईन्भेष्टमेन्ट कम्पनी वनाउदैछौं । उक्त कम्पनीमार्फत सवै गैरआवासीय नेपालीहरुले साना साना देखि ठूला ठूला सम्म लगानी गर्न सक्ने व्यवस्थाका लागि पहल हुदैछ । गैरआवासीय नेपालीहरुको ज्ञान र सीप, प्रविधी भित्राउने संवन्धमा एनआरएनए नलेज एण्ड स्कील एकेडेमी ले काम गर्ने व्यवस्था मिलाइनेछ । यसको लागि वेला वेलामा विज्ञ सम्मेलन, टेक्नोलोजी प्रदर्शशीको आयोजना गरिनेछ ।

एनआरएनएको भावी कार्यदिशाहरु के–के रहेका छन ?
भिजन २०२० एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो । यसैको आधारमा एनआरएनएमा देहाय वमोजिमका आधार स्तम्भहरुको निर्माण गरिनु पर्दछ ।

मुख्य आधार स्तम्भ:
1.NRNA Foundation
2. NRNA policy institute
3. NRNA knowledge and skill Academy
4. NRNA businesses and Investment Forum

सहायक स्तम्भहरु:
1.NRNÚs Rights Forum
2.Nepalese Language and cultural Academy
3. NRNA Youth and Sports Forum
4. NRNA Women Forum
5. Migration and Foreign Workers Welfare committee

जतिपनि च्यारिटीका कामहरु, केही पर्दा सहयोग गर्ने काम
१. एनआरएनए फाउन्डेसन गरिनु पर्छ ।
२. सरकारको नीति निमाण तथा विभिन्न किसिमका नीति वनाउने काम एनआरएनए नीति संस्थाले गर्छ ।
३. गैर आवासीय नेपालीहरुको ज्ञान र शीपको सही सदुपयोग ज्ञान तथा शीप प्रतिष्ठानले गर्छ ।
४.गैर आवासीय नेपालीहरुको व्यवसाय र साना ठूला सवै किसिमका लगानीमा एनआरएनए व्यवसाय तथा लगानी फोरमले काम गर्दछ ।
५. गैर आवासीय नेपालीहरुको हक, हित र अधिकारका लागि एनआरएनयुज राइटर्स फोरमले काम गर्दछ ।
६. विदेशमा नेपाली भाषा, साहित्य र कलाको संरक्षण, सम्बद्र्धन गर्ने काम नेपाली भाषा तथा सास्कृतिक प्रतिष्ठानले गर्दछ ।
त्यसै गरी युवा तथा खेलकुदको विकासका लागि युवा तथा खेलखुद फोरमले, महिलाको हक, अधिकार र वृद्दि विकासका लागि वमेन फोरम र श्रमिको हक हित र अधिकारका लागि माइग्रेसन एण्ड फरेन वर्कर वेलफेयर कमीटीले काम गर्दछ ।
अन्तमा, बाह्रौं युरोप सम्मेलनका बारेमा केहि बताउनोस न ?
सम्मेलन कर्मकाण्डी मात्र नबनी आफ्नो उद्देश्यमा केन्द्रित रही परिणाममुखी होस् , सम्मेलनको सफलताको शुभकामना ।