मुस्कानसम्बन्धी केहि रोचक भनाईहरु

१, मानिस आफु बराबरका मानिस– को मुस्कान सहन सक्दैन किनभने उनीहरुको हाँसोमा इष्र्या, जलन र व्यंग्य हुन्छ ।
– प्रेमचन्द

२, यदी तिमी सय वर्ष बाँच्न चाहन्छौ भने आफ्नो चारैतिर जवान र हँसिला मित्रहरु राख ।
– एलिजावेथ सेफोर्ड

३, अभद्र ठट्यौली मित्रताका लागि घातक विष हुन्छ ।
– अज्ञात

४, मानिस मात्र यस्तो प्राणी हो जसमा हाँस्ने शत्तिः छ ।
– ग्रेवाइल

५, हाँस्ने शक्ति इश्वरले मानिसलाई यस कारण दिएका हुन की मानिस क्षणभरमा नै आफ्नो दुखबाट छुटकारा पाओस् ।
– ह्युमने

६, स्त्रीहरु एक आँखाबाट हाँस्न र अर्को आँखाबाट रुन सक्छन । लोग्नेमानिस यस्तो गर्न सक्दैनन ।
– अज्ञात

७, आनन्द र उल्लासकै कारण म आफुलाई सवैखाले शारीरीक दुर्वलताबाट बचाउन सफल भएको छु ।
– लोरेस स्टर्न

८, तिम्रो त्यो दिन बेकारमा गयो, जुन दिन तिमी हाँसेनौ ।
– चेम्स्फोर्ड

९, तिमी हाँस्दा तिमीसंग सारा दुनिया हाँस्छ तर रुँदा तिमी एक्लै हुन्छौ ।
विलकोक्स

१०, उन्मुक्त हाँसो नयाँ प्रेरणा, स्फुर्ती र विचारहरुको स्रोत हो । जसरी बनस्पतीहरुलाई खुल्ला घामको आवश्यकता छ त्यसैगरी मुस्कानले टनिकको काम गर्छ ।
– स्वेट मार्टन